Comments Add Comment

खाल्डोमा गाडेको १२ घण्टापछि बालिकालाई जिउँदै निकालियो

childभारतको उत्तरप्रदेशमा एउटा डरलाग्दो तथा अनौठो घटना सार्वजनिक भएको छ । युपीको आगराभन्दा झण्डै २० किलोमिटर टाढा पर्ने धौर्रा गाउँमा बस्ने एक ६ वर्षीया बालिकालाई जमिनमुनि गाडेको अवस्थामा १२ घण्टापछि जिउँदै उद्धार गरिएको छ ।

समाचार अनुसार गत बुधबार राति घरमा आफ्नो बाबुसँगै सुतेकी ६ वर्षकी तनु बघेल नामकी कुनै अज्ञात व्यक्तिले निद्रामै उठाएर लगेछ । रातको दुइ बजे बालिकाका बाबु विनोद ब्युँझिए तब सँगै सुतेकी छोरीलाई फेला नपारेपछि हल्ली खल्ली भयो । यत्रतत्र खोजियो तर फेला पार्न सकिएन ती बालिकालाई ।

अर्को बिहान ८ बजेतिर भैँसी चराउन जाने गोठालाहरुले जंगलको नजिकै माटोले पुरिएको अवस्थामा मानिसको खुट्टा बाहिर निस्किएको देखे । त्यसपछि गोठालाले दौडिँदै गाउँमा आएर सबै कुरा भनेपछि गाउँलेहरु गएर खोसि्रएर हेर्दा पो ती पुरिएकी बालिका तनु नै भएको पत्ता लाग्यो । धन्न उनका आँखा, नाक, मुख तथा खुट्टा माटोले पुरिएका रहेनछन् ।

अरु सबै जिउ माटोले पुरिएको भएपनि सास फेर्न पाएका कारण १२ घण्टासम्म खाल्डोमा पुरिएपछि पनि उनी बाँच्न सफल भइन् ।  उनलाई निकालेर अस्पताल पूराइयो र अहिले उनको उपचार भैरहेको बताइएको छ । ती बालिकालाई कसले सुतेको स्थानबाट मध्यरातमा उठाएर लग्यो र जमिनमुनि पुर्यो भन्ने कुरा पत्ता लाग्न सकेको छैन । अपराधीको खोजी भैरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment