Comments Add Comment

नेपाली फिल्ममा रमेश उप्रेतिको दोस्रो इनिङ

रमेश भन्छन्ः दर्शकले अस्वीकारे जबरजस्ति गर्दिन

ramehs-upreti-2

काठमाडौं । आठ वर्षको अन्तरालपछि नेपाली चलचित्रमा पुनरागमन गर्दैछन् नायक रमेश उपे्रति । प्रदर्शोन्मुख चलचित्र ब्रासलेटको उनलाई तीव्र प्रतिक्षा छ ।
७ वर्ष अमेरिका बसेका रमेश दुई वर्षअघि नेपाल फर्केका हुन् । अमेरिका भासिनुअघि उनी चल्तिका नायकमा गनिन्थे ।

रमेश भन्छन्, ‘मेरो पुराना फिल्म हेर्नु भएका दर्शकका लागि यो कमब्याक हो, नयाँ दर्शकका लागि डेब्यु नै भन्दा पनि हुन्छ ।’

सात वर्षपछि क्यामेरा फेस गर्दा ।मृश आफैंलाई पनि डेब्यु गरे जस्तै भएछ । पहिलो दिनको सुटिङमा उनी हल्का नर्भस भएछन् । तर, आफू नर्भस भएको कसैले थाहा नपाएको उनको दावी छ ।

पहिलोपटक चलचित्र ‘रगत’ मा क्यामेरा फेस गर्दाको क्षण उनलाई राम्रोसँग याद छ । विपना थापासँग बन्दिपुरमा सुटिङ गरिरहँदा उनी लाजले रातोपीरो भएका थिए । निर्देशक नारायण पुरीले उनको कानैमा आएर सुटुक्क भनेका थिए, ‘रमेश तिमी नर्भस भयौ, टेक इट इजी ।’

ठूल्दाइको करले हिरो बनेँ

निर्मल शर्मा र केशब भट्टराईसँग उनको सम्बन्ध पुरानो हो । रमेश अमेरिका गएका वखत केशब फिल्म निर्माता थिए भने निर्मल होटल ब्यबसायी तथा कलाकार थिए ।

रमेश अमेरिकाबाट फर्किदा निर्मल निर्देशकमा बढुवा भइसकेका थिए । केशबको निर्माण र निर्मलको निर्देशनमा फिल्म बनाउने योजना बनाइरहँदा रमेशसँग थुप्रैपटक भेट भएको थियो । तर, उनले खेल्ने खेलाउने विषयमा कहिल्यै कुरा भएन । रमेशले भन्दै आएका थिए ‘म आफ्नै फिल्मवाट कमब्याक गर्छु ।’

एउटा पार्टीमा निर्मल र रमेशको भेट भयो । निर्मलले सोधे ‘रमेशजी कहिलेदेखि सिनेमा सुरु गर्नुहुन्छ ?’ त्यतिवेलासम्म रमेशको योजना परिवर्तन भइसकेको थियो । ज्योतिषशास्त्रमा विश्वास गर्ने रमेशलाई ज्योतिषले सुझाब दिएका थिए ‘आफ्नै फिल्मवाट डेब्यु गर्दा नतिजा राम्रो आउदैन ।’

त्यहि सुनाए उनले । निर्मलले तुरुन्तै प्रस्ताव राखिहाले, ‘उसो भए हाम्रो फिल्ममा अभिनय गर्नुस् ।’ रमेशले अर्को एकजना निर्मातालाई बचन दिइसकेका रहेछन् । तर, निर्मलले छोडेनन् । केशबले पनि जोड गरे ।

‘आखिरमा मैले नाई भन्न सकिनँ,’ रमेश भन्छन्, ‘म साथीभाईको कुरा नाई भन्नै सक्दिन ।’

त्यसो त नाई नभन्ने स्वभाव उनको पुरानै हो । नाई भन्न नसकेकै कारण दीपक रायमाझीका नौवटा फिल्म खेलेको सुनाए रमेशले । ‘मैले धेरै राम्रा व्यानरका फिल्म छाडेर पनि दिपक रायमाझीको नौ वटा फिल्म खेलेँ, किनकी नै मलाई उहाँले हिरोको रुपमा डेब्यु गराउनुभएको थियो ।’

केशव भट्टराईसँग पनि उनको त्यस्तै पुरानो सम्बन्ध थियो । केशबलाई रमेश ठूल्दाई भनेर बोलाउछन् । त्यहि कारण उनी स्त्रिmप्ट सुन्न तयार भए । स्त्रिmप्ट सुनेपछि फिल्म खेल्न तयार भए ।

अहिलेका हिरोइन क्षमतावान

पुराना पुस्ताका धेरै हिरोइनलाई बोकेर नाचेका रमेश अहिले नयाँ पुस्ताका हिरोइनको संगत गरिरहेका छन् । उमेरमा पनि ठूलै अन्तराल रहेका हिरोइनहरुबारे रमेश भन्छन्, ‘पहिलेका हिरोइनहरुसंग काम गर्दा केमेस्ट्री मिले जस्तो लाग्थ्यो । प्रत्येक सिनको विषयमा छलफल हुन्थ्यो । तर, अहिले त्यस्तो भएन ।’

आफु सिनियर भएकाले हिरोइनसँग निकटता कम भएको धारणा राख्ने रमेश अहिलेका हिरोइनको क्षमताप्रति सकारात्मक देखिए । ‘अहिलेका हिरोइनहरु धेरै क्षमतावान हुनुहुन्छ,’ उनले प्रशंसा गर्दै भने ।

उमेर बढ्यो शरीर उस्तै

फिल्ममा पुनरागमन गर्दा रमेशको उमेर आठ वर्ष थपिएको छ । बढ्दो उमेरले उनको हिरोइज्ममा कति कसर पर्ला ? यो प्रश्न र्झन नपाउँदै उनले उत्तर दिए, ‘म आठ वर्षअघि जस्तो थिएँ अहिले पनि उस्तै छु । उमेरले केही फरक पर्दैन ।’
आफ्नो फिल्म हेरेपछि शरिरलाई कसरी ‘मेन्टेन’ गर्ने भन्नेमा दर्शकसमेत सचेत हुने उनको बुझाई छ ।

नेपालमै अभिनय गर्ने सोचका साथ अमेरिका बसाई टुंग्याएर आएका छन् रमेश । अबको यात्रा के हुने हो भन्ने ब्रासलेटले तय गर्ने उनी बताउछन् । ब्रासलेट रिलिज लगत्तै आफ्नै लगानीमा ऐश्वर्या बनाउदैछन् । ‘यी दुई फिल्मको रिजल्ट कस्तो आउछ, त्यसले मेरो यात्रा निर्धारण गर्छ,’ उनले भने ।

आफ्नो उपस्थितीलाई दर्शकले कसरी लेलान् भन्नेमा चिन्तित छन् रमेश । उनी स्पष्ट भन्छन्, ‘मेरो अभिनयलाई दर्शकले मन पराइदिनुभयो भने अभिनय बाहेक अरु काम गर्दिन । तर, दर्शकले खासै रुचाएनन् भने जर्बजस्ती गर्न पनि हुन्न ।’
आफुले अहिलेसम्म कमाएको पैसा र जानेको सिप लगानी गरेर ऐश्वर्या बनाउन लागेको उनको भनाई छ ।

अमेरिका सौतेनी आमा

अमेरिकाबाट फर्केपछि उनी त्यहाँको सिस्टम र जीवनशैली कत्तिको मिस गरिरहेका होलान् ? रमेशले नकारात्मक जवाफ दिए । जेजस्ता विकृति विसंगति भए पनि नेपाल नै प्यारो रहेको उनी बताउँछन् ।

काठमाडौको सडकमा देखिएको हिलो, खाल्डाखुल्टी, र सदाबहार जाममा उनी अमेरिकामा भन्दा बढि रमाएका छन् । रमेश भन्छन् ‘जति नै असल भए पनि सौतेनी आमा भनेको आफ्नै आमाजस्तो हुन्न । अमेरिका मेरो सौतेनी आमा हो, नेपाल आफ्नी आमा ।’

उनको बुझाईमा अमेरिका संसारको यस्तो देश हो त्यहाँ जानेले केही दिन पर्दैन, पाउँछ मात्रै । केहि लिनका लागि श्रम दिए पुग्छ । भन्छन् ‘अमेरिकाले अपरिपक्व मान्छेलाई परिपक्व बनाउछ । त्यसकारण सक्नेले अमेरिका एकचोटी जाँदा राम्रो हुन्छ ।

लामो अमेरिका बसाईपछि नेपाल फर्केको दिन जीवनमै सबैभन्दा खुसी भएको उनले बताए । काठमाडौ आएको एक हप्तामै उनी आफैं ड्राइभिङ गरेर पहिला सुटिङ गरेको ठाउँमा घुम्न गए ।

‘पहिले जहाँ-जहाँ सुटिङ भएका थिए त्यहिँ घुम्न गएँ, निकै रमाईलो भयो’ उनले भने ।

पैसा खर्च गरेर जानेले दुःख पाउछन्

उनले अमेरिकामा धेरै व्यक्तिहरु भेटे, जो ३० लाखसम्म खर्च गरेर त्यहाँ पुगेका रहेछन् । ‘दाई, हामीले दुःख पायौं सहयोग गर्नुपर्‍यो भन्छन्,’ रमेशले सुनाए, ‘तर, हामीले गर्न सक्ने केहि हुँदैन ।’

उनकै बुझाईमा धेरै पैसा खर्च गरेर अमेरिका जानु सबैभन्दा गलत काम हो । २०/३० लाख खर्च गरेर अमेरिका जानेलाई सुझाब दिँदै भन्छन् ‘त्यति पैसा यहिँ खर्च गर्नुस् राम्रो कमाई हुन्छ ।’

कतिपय ब्यक्तिले सिप नसिकी गएकाले पनि दुःख पाएको देखेका छन् उनले । उनी भन्छन् ‘सानै किन नहोस् सिप सिकेर जानुस् । अमेरिकामा तपाईको सिपको कदर हुन्छ ।’

देश बनाउन आउ

जो मान्छे अमेरिका लगायतका देशमा छन्, तीनमा केही न केही प्रतिभा हुन्छ भन्ने लाग्छ उनलाई । सिप भएका मान्छेहरु स्वदेश फर्किनुपर्ने उनले बताए ।

‘देश कुनै दलको नेताको भाषणले बन्दैन । देश बनाउने अभियानमा विदेशमा बस्ने नेपालीहरुले पहल गर्नुपर्छ’ रमेशले भने, ‘क्षमतावान ब्यक्तिहरु विदेश गएकै कारण देश टुहुरो भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment