Comments Add Comment

छत्तीस करोडको लागतमा खानेपानी आयोजना बन्दै

3 photo khanepani paip
फाइल फोटो

८ साउन, जाजरकोट । जाजरकोट सदरमुकाम खलङ्गाको खानेपानी समस्या समाधान गर्न करिब ३६ करोड रूपैयाँको लागतमा खानेपानी योजना निर्माण हुने भएको छ ।

आयोजना निर्माणपछि खलङ्गावासीलाई खानेपानी उपलव्ध हुनेछ । जाजरकोट खलङ्गा खानेपानी तथा सरसफाइ आयोजना निर्माणको काम आगामी मङ्सिर÷पुष महिनाबाट सुरु हुने भएको छ ।

आयोजनाको डिपीआर बनाउने काम अन्तिमचरणमा पुगेको भन्दै आउँदो भदौ महिनाभित्रै डिपिआर तयार हुने प्लस इन्जिनियरिङ कन्सलटेन्सीले जनाएको छ ।

अहिले १३ वटा साना मुहानलाई समेटेर पानी संकलन गर्ने गरी योजना बनाइएको कन्सलटेन्सीका लक्ष्मण आचार्यले बताए ।  बुदबुदे र पोखरा मुहानवाट ल्याएको पानीले मात्र खलंगाको माग पुरा गर्न नसक्ने भएकोले भेरीवाट पनि पानी तान्ने योजना बनाइएको अर्का इन्जिनियर त्रिरत्न शाक्यले बताए ।

उहाँले खलंगावासीको माग पुरा गर्नको लागि १९ लिटर प्रतिसेकेन्ड पानी सुक्खा समयमा भेरी नदिवाट तान्ने उल्लेख गरे । पुरानो संरचना सवै परिवर्तन गर्नुपर्ने र भेरीवाट पानी तान्नु पर्ने भएकोले करिव ३६ करोड रुपैया लागत लाग्ने इन्जिनियर शाक्यले बताए ।

खानेपानी आयोजना निर्माणको लागि सरकारले चालु आर्थिक वर्ष २०७३÷७४ को लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । आयोजनाले साविकको खलंगा गाविसको वडा न १, २, ३ र ४ को साथै भेरी मालिका नगरपालिका वडा न ३ र ४ का बासिन्दालाई खानेपानीको सेवा पुग्ने खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय जाजरकोटले जनाएको छ ।

अहिले जाजरकोट सदरमुकाम खलंगामा १२ वटा साना खानेपानी आयोजना संचालनमा रहेका छन् । नयाँ खानेपानी आयोजना निर्माण भएपछि अहिले देखिएको खलंगाको जनसंख्या वर्षेनी बढदै गएको र खानेपानीका पुराना संरचना जिर्ण बकन्दै गएकोले पानीको समस्या भएको हो ।

पुराना आयोजनाका पाइपहरु जिर्ण भएकोले मुहानवाट आएको करिव ५० प्रतिशत पानी बीचमै चुहिएर खेर जाने गरेको खानेपानीका सव डिभिजन प्रमुख महेशी महतोले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment