Comments Add Comment

मिनेन्द्र रिजालको प्रश्न- ‘उहाँ संविधानसभा अध्यक्ष हो कि एमाले ?’

'मधेसीलाई विदेशी देखेर राष्ट्रभक्ति बलियो हुँदैन'

Minendra-Rijal

८ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले छिमेकीलाई सत्तोसराप गरेर राष्ट्रियता बलियो नहुने बताएका छन् । उनले संविधानसभाका अध्यक्षले एमालेको उपनेता बनेर एउटा पक्षको पैरवी गरेको टिप्पणी गरे ।

सरकारविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै कांग्रेस नेता वीपी कोइरालालाई बाँचुञ्जेल अराष्ट्रिय तत्व, भारतीय दलाल भन्ने गरेको सम्भिmए । विगतमा वीपीलाई देश पस्न दिनु हुँदैन, फाँसी दिनुपर्छ भन्नेहरु सरकारको अघिल्लो पङ्ग्तीमा प्रधानमन्त्रीकै छेउछाउ रहेको भन्दै उनले भने, ‘सँगै हिँड्दा कोटको धुलो अलिअलि र्झछ, त्यही झरेको त होइन प्रधानमन्त्री ज्यू ?’

पूर्वमन्त्रीसमेत रहेका कांग्रेस नेता रिजालले भने, ‘चीनसँग हाम्रो मित्रता गहिरो छ । भारतसँग बहुआयामिक छ । तर, आफ्नो समस्या समाधान गर्न नसक्ने अनि छिमेकीलाई सत्तोसराप गरेर हाम्रो राष्ट्रियता बलियो बनाउँदैन । यो बाटो छोड्नुस् ।’

पुष्पलालको स्मरण

कांग्रेस नेता रिजालले आफ्नो सम्बोधनका क्रममा कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाललाई पटक-पटक सम्भिmए । उनको स्मृति दिवस शुक्रबार परेको थियो ।

यसअघि पनि नेपालको वाम आन्दोलन देशभक्तिको व्याख्यामा अतिरञ्जनामा गएको भन्दै रिजालले भने, ‘पुष्पलाल त्यो प्रकाशपुन्ज हो, जसले वाम-लोकतान्त्रिक आन्दोलनसँगै हिँड्नुपर्छ भन्नुभएको थियो । पुष्पलाललाई अहिले पनि हामी खोजिरहेका छौं ।’

प्रधानमन्त्रीको पदमा बसेर केपी ओलीले सबैलाई गाली गर्ने काम गरेको उनको आरोप छ । उनले भने, नेपालको राष्ट्रियताभित्रदेखि बलियो बनाउने हो । बाहिर धारे हात लगाएर हुँदैन ।’

कांग्रेस नेता रिजालले अविश्वासको प्रस्ताव पास भएपछि प्रचण्डको नेतृत्वमा सरकार बनाउने दुई दलको साझेदारी रहेको भन्दै हिजोको सांघातिक आक्रमणलाई पनि विस्मृतिमा राखेर बाँकी मुलुकको मुद्दा बोक्न कांग्रेस तयार रहेको बताए ।

एमालेसँग तिक्तता नचाहेको भन्दै संविधान सर्वस्वीकार्य बनाएर कार्यान्वयनमा जान आग्रह गरे । उनले अघि भने, ‘नेपालमा धेरै पटक गद्दार भनेर पनि गाली खाएर पनि नेपालको वाम आन्दोलनलाई भड्कावमा जान बलियो भएर उभिएको प्रकाशपुञ्ज पुष्पलाललाई सम्झन्छौं, पुष्पलालको विचार बोक्ने साथीहरुलाई हरेक मोडमा पर्खिएर बस्नेछौं ।’

उनले भने, त्यही मेरो श्रद्धाञ्जली छ, स्व. वीपी कोइरालालाई, पुष्पलाललाई । यो उहाँहरुको स्मृतिको सप्ताह पनि हो । यो स्मृति सप्ताहमा निकम्मा सरकारलाई विदा गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने सरकार बनाऔं ।’

नेम्वाङको आलोचना

कांग्रेस नेता रिजालले सुवास नेम्वाङको पनि आलोचना गरे । उनी संविधानसभाका अध्यक्ष भन्दा एमाले संसदीय दलको उपनेता बनेर एउटा पक्षको पैरवीमा लागेको बताए ।

नयाँ सरकार गठनको संवैधानिक व्यवस्थालाई लिएर भइरहेको बहसतर्फ संकेत गर्दै उनले आफू संविधानसभा अध्यक्षखोज्दै हिँडेको र कसैले आफ्नो घरको छेउमै रहेको बताएपछि दौडिएर गएको बताए । व्यंग्यात्मक रुपमा उनले अघि भने, हस्याङ-फस्याङ गर्दै गएको देखेपछि एकजनाले सोध्नु भने केको हतारो ?’

संविधानसभा अध्यक्ष भेट्न हिँडेको भन्दै यता त एमाले संसदीय दलको उपनेता बस्नुहुन्छ भनेको भन्दै उनले भने, ‘एउटा पक्षको पैरवी गरेपछि विचार शुन्य हुन्छ ।’ सरकार हटाउन सक्ने तर, अर्को बनाउन नसक्ने व्यवस्था पनि हुन्छ भन्दै उनले प्रश्न गरे ।

मधेसीलाई बाहिर लखेट्न खोजियो

कांग्रेस नेता रिजालले मधेसी मोर्चासँग आफूहरुको थुप्रै विचार नमिल्ने बताए । तर, उनीहरुलाई बाहिर निकालेर मुलुकको समस्या समाधान गर्न नसकिने बताए ।

उनले भने, उहाँहरुको उपस्थितिले कसैलाई खटिरहेको छ, बाहिर निकाल्नुपर्छ भनेर हिजो हुटहुटी पोख्नुभो ।’ रिजालले भने, मधेसीलाई विदेशी देखेर हाम्रो राष्ट्रभक्ति बलियो हुँदैन । हुने भए त प्रधानमन्त्रीले के-के भनिसक्नु भो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment