Comments Add Comment

सरकारले पुनर्निर्माण प्राधिकरणलाई दियो ८४ अर्ब खर्च गर्ने अनुमति

Reconstruction-Authority
८ साउन, काठमाडौं । अर्थ मन्त्रालयले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई करिव ८४ अर्ब रुपैयाँ बराबरको अख्तियारी दिएको छ । पुनर्निर्माण्को काम अघि बढाउनका लागि यो रकमको अख्तियारी दिइएको हो ।

यो मध्ये १२ अर्ब २८ करोड ९६ लाख २८ हजार रुपैयाँ नेपाल सरकारको स्रोतबाट व्यहोरिनेछ । अरु रकम वैदेशिक साहयताबाट परिचानलन हुनेछ ।

जाइकाबाट प्राप्त १ अर्ब ८३ करोड ३५ लाख रुपैयाँ, युरोपियन युनियनबाट ११ अर्ब रुपैयाँ, चीनबाट ५० करोड रुपैयाँ, पुनर्निर्माण संयुक्त कोषबाट १ अर्ब ५० करोड रुपैयाँ, भारतबाट १२ अर्ब ५० करोड रुपैयाँको अनुदान रकम प्राधिकरणले यसै अख्तियारीबाट खर्च गर्नेछ ।

यस्तै जर्मनी केएफडब्लुबाट ३ अर्ब रुपैयाँ, कोरियाबाट ८५ करोड रुपैयाँ, एसियाली विकास बैंकबाट ९८ करोड रुपैयाँ पनि यसमै सामेल छ ।

ऋणतर्फ आइडिएबाट १३ अर्ब २५ करोड ८७ लाख ७७ हजार रुपैयाँ, एसियाली विकास बैंकबाट ९ अर्ब ५५ करोड ५२ लाख ७६ हजार रुपैयाँ, यस्तै जाइकाबाट ११ अर्ब ६६ करोड ५३ लाख ५८ हजार रुपैयाँ र आइएमएफबाट ५ अर्ब रुपैयाँ स्रोत उपलब्ध हुनेछ । सरकारले बजेट वक्तव्यमा चालू आर्थिक वर्षका लागि प्राधिकरणलाई १ खर्ब ४२ अर्ब रुपैयाँ व्यवस्था गरेको छ ।

गत वर्ष अर्थ मन्त्रालयबाट ४ वटा खर्च शिर्षकमा रकम विनियोजन भएको हुँदा स्रोतान्तर रकमान्तर लगायतको प्रकृयामा बढी समय लागेको थियो । यस पटक १३ वटा खर्च शिर्षकमा रकम विनियोजन भएकाले सम्बन्धित निकायमा रकम विनियोजन गर्न सहज हुने विश्वास गरिएको प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए ।

विपद्पछिको आवश्यता आंकलन प्रतिवेदन (पिडीएनए) र पुनर्निर्माण तथा पुनर्स्थापना सम्बन्धी पञ्च वषर्ीय योजनाको खाका (पिडिआरएफ)मा उल्लेख भएका कामहरुलाई विषयगत मन्त्रालय बजेट सूचना प्रणालीमा प्रविष्टि गराएको आधारमा सम्बन्धित निकायहरुले खर्च गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment