Comments Add Comment

जुधामारी गर्दा पोथी गैंडा मर्‍यो

राजेन्द्र आचार्य

dead-rhino-gaida
८ साउन, चितवन । चितवनमा दुई गैंडा एकआपसमा जुध्दा पोथी गैंडा मरेको छ । पश्चिम चितवनको सेतीदेवी सामुदायिक वनमा भाले र पोथी गैडा जुध्दा अन्दाजी ५ वर्षको पोथी गैंडा मरेको चितवन राष्टिय निकुञ्जका सूचना अधिकारी एवं साहयक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए ।

२ दिनअघि भालेसँग जुध्दा ढाड भाचिएर घाइते भएको गैंडा उपचारको क्रममा विहान मरेको उनले बताए । लगातार रुपमा ८ सय १५ दिन बढी शुन्य चोरी शिकार वर्ष निकुञ्जमा गत साल पनि यसैगरी गैंडा जुधेर मरेको थियो ।

गैडाको पोष्टमार्टम गरी आजै गाडिएको निकुञ्जले जनाएको छ । निकुञ्जले शुन्य चोरी शिकार वर्ष मनाईरहँदा पछिल्लो गैडा एकआपस जुधेर र विभिन्न रोगका कारण मर्न थालेपछि संरक्षणमा थप चुनौती थपिएको छ ।

हालसम्म कालगति र एक आपसमा हने लडाँइमा ११ वटा गैडा मरिसकेको निकुञ्जले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment