Comments Add Comment

नारायणी नदीमा पानीको बहाव घट्दै

Flood,-Rapti-Rever
८ साउन, चितवन । नारायणी नदीमा पानीको बहाव घट्दै गएको छ । लगातारको बर्षासँगै नारायणी नदीमा हिजो पानिको वहाव खतराको चिन्ह भन्दा माथि पुगेको थियो ।

शनिबार भने पानीको बहाव खताराको संकेत भन्दा कम रहेको जिल्ला प्रकोप सम्पर्क व्यक्ति बलराम लुईटेलले जानाकारी दिए ।

नारायणी नदीमा आज गरिएको मापन अनुसार पानीको सतह ६ दशमलब ७४ मिटर छ । नारायणी नदीमा पानीको सतह ७ दशमबल ३ मिट पुगे पछि चेतावनीको लेवल मानिन्छ ।

हिजो बेलुका सात दशमलव ५४ मिटर माथि पुगेको थियो । जुन लेवल चेतावनीका भन्दा माथि हो । चेतावनीको संकेत नाघेसंगै मंगलपुर र नारायणी किनार आसपासका क्षेत्रका मानिसहरुलाई सर्तक रहन आग्रह गरिएको लुईटेलले जानकारी दिए ।

अहिले पनि विभिन्न निकायमार्फत नारायणी नदि किनार आसपासका मानिसहरुलाई सतर्क रहन आग्रह गरिएको उहाँले बताउनुभयो । नदीमा पानीको सतह ८ दशमबल ४ मिटर पुगेको खण्डमा पुरै खतरा मानिन्छ ।

लगातार परेको पानीसंगै नारायणी नदीमा भीषण बाढी आएको छ । नारायणी नदीमा गएराति गरिएको मापन अनुसार पानीको सतह ७ दशमलब ५६ मिटर पुगेको थियो । अहिले विहान पानीको सतह केही घटेको छ ।

नारायणी नदीमा पानीको सतह ७ दशमबल ३ मिटर पुगेका चेतावनी लेवल मानिन्छ । चेतावनीको संकेत नाघेसँगै नवलपरासीको गण्डक ब्यारेज र त्यस आसपासका क्षेत्रका स्थानीयलाई सतर्क रहन आग्रह गरिएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेव पन्तले बताए ।

नदीमा पानीको सतह ८ दशमबल ४ मिटर पुगेको खण्डमा पुरै खतरा मानिन्छ । नदी आसपासका बस्ती एवम् बासिन्दालाई सुरक्षित स्थानमा सार्न काम गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment