Comments Add Comment

गच्छदारले पनि ओलीको साथ छाडे, सरकारविरुद्ध मत दिने निर्णय

Bijay-Gachhadar

८ साउन, काठमाडौं । विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

संसदीय दल र पार्टी कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

‘सरकारको ठूलो घटक माओवादीले समर्थन फिर्ता लिएको र संसदबाट बजेट आश्रति विधेयक अस्वीकृत भएकाले समर्थन अल्पमतमा पर्‍यो’ स्वास्थ्यमन्त्री समेत रहेका नेता रामजनम चौधरीले भने, ‘हाम्रो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णष् गरेको छ ।’

पार्टीको निर्णयमा अध्यक्ष गच्छदारको पनि सहमति रहेको उनले बताए । गच्छदार ओली सरकारमा उपप्रधान एवं भौतिक पूर्वाधार मन्त्री हुन् । र, छ जना उपप्रधानमन्त्री मध्ये वरियता क्रममा उनी पहिलो थिए ।

फोरम लोकतान्त्रिकले संसदमा दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मत दिने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment