Comments Add Comment

सरकारबाटै राष्ट्रिय गोपनीयता भंग

९ साउन, काठमाडौं । युरेनियम उत्खानतथा सम्भाव्यता अध्ययनसम्बन्धी अति संवेदनशील निर्णय सार्वजनिक गरेर सररकाले नै राष्ट्रिय गोपनियता भंग गरेको छ ।

Simhadurbarमुस्ताङको लोमान्थाङमा भेटिएको युरेनियम खानीको सुरक्षामा नेपाली सेना परिचालन गर्ने सरकारको निर्णय सार्वजनिक हुँदा मुलुकले अपनाउनुपर्ने गोपनियता छताछुल्ला भएको हो ।

सैनिक उच्च अधिकारी पनि आन्तरिक रुपमा परिपत्र गरेर सुरक्षा फौज तैनाथ गर्नुपर्ने विषयलार्य सरकारले बाहिर ल्याएकोमा असन्तुष्ट देखिएका छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले उद्योगमन्त्री सोमनाथ पाण्डेको प्रस्तावमा युरेनियम रहेको क्षेत्रको सुरक्षामा सेना तैनाथ गर्ने निर्णय गरेको थियो । युरेनियमको अन्तराष्ट्रिय बजार मूल्य प्रतिकिलो करिब २२ करोड अमेरिकी डलर पर्छ । नेपालमा मुस्ताङलगाय अध्ययन गरिएका क्षेत्रमा प्रशोधन गरिएको करिब ५० टन भन्दा बढी उत्पादन गर्न सकिने विभिन्न अध्ययनले देखाइसकेका छन् ।

खानी तथा खजिन पदार्थ एन २०४३ अनुसार खनिज सम्भाव्यता क्षेत्र भेटिएमा सरकारले तत्काल निषेधित क्षेत्र घोषणा गरी सुरक्षा प्रवन्ध गर्न सक्ने उल्लेख छ ।

तर, सुरक्षा मामिलाका जानकार तथा भूगर्भशास्त्री गोप्य रुपमा लिइनुपर्ने निर्णयलाई सार्वजनिक गरेर सरकारले गत्ली गरेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment