Comments Add Comment

अविश्वासको प्रस्तावले तीनै दलमा असन्तुष्टि

Samsad

९ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलिविरुद्ध संसदमा दर्ता अविश्वासको प्रस्तावले प्रमुख तीनवटै दल कांग्रेस, एमाले र माओवादी केन्द्रमा असन्तुष्टि जन्माएको छ ।

अविश्वासको प्रस्तावको पक्षधर कांग्रेस माओवादी केन्द्रमा मात्र नभइ सत्तारुढ एमालेमा पनि केही प्रभावशाली नेताले अविश्वासको प्रस्ताव प्रक्रियाबोरे पार्टी नेतृत्वसँग असन्तुष्टि जनाएका आजको राजधानी दैनिकमा समाचार छ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले अविश्वास प्रस्ताव विषयमा घुमाउरो पारामा असन्तुष्टि जनाउँदै बिहीबार सहमतिका लागि चारबुँदे प्रस्तावनै ल्याए । त्यस्तै कांग्रेसका अर्का प्रभावशाली नेता खुमबहादुर खड्का पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने पक्षमा उभिएका छैनन् ।

त्यस्तै माओवादी केन्द्रका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठ सुरुदेखि नै अविश्वासको प्रस्तावको प्रक्रियाको बिरोधमा छन् ।

एमाले माओवादी केन्द्र गठबन्धन भत्काउन नहुने धारणा उनले सुरुदेखि नै राख्दै आएका छन् । तर श्रेष्ठको अडान पार्टीमा अल्पमतमा पर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment