Comments Add Comment

संसदमा प्रधानमन्त्री ओलीको जवाफ आज, अविश्वास प्रस्तावमा मतदान हुने

KP-Oli-PM९ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलिविरुद्धको अविश्वास प्रस्तावमा आइतबार संसदमा मतदान हुँदैछ ।

शुक्रबार छलफल थालिएको प्रस्तावमाथि शनिबारसम्म ३४ सांसदले धारणा राखेका छन् । आइतबार दिउँसो २ बजे छलफल सकिने छ र प्रधानमन्त्री ओलीले जवाफ दिएपछि मतदान सुरु हुनेछ ।

संसद बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

आइतबार तीनघण्टा अविश्वास प्रस्तावमाथि सांसदहरुले धारणा राख्नेछन् ।  दिउँसो २ बजेसम्म छलफल भएपछि आधा घण्टा बैठक स्थगित हुनेछ ।

बैठक सरचारु भएपछि प्रधानमन्त्री ओलीले संसदमा उठेका प्रश्नहरुको उत्तर दिने छन् ।   अविश्वासको प्रस्ताव फिर्ता नभएमा मतदान हुने व्यवस्था छ । प्रधानमन्त्री ओली अल्पमतमा रहेका कारण अविश्वासको प्रस्ताव पारित हुने निश्चितजस्तै छ ।

व्यवस्थापिका–संसदमा अहिले ५९४ सांसद छन् । बहुमत पुग्न २९८ सांसद आवश्यक पर्छ । शनिबार सत्ता सहयोगी दल मधेसी जनअअधिकार फोरम लोकतान्त्रिक र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि अब प्रधानमन्त्रीलाई आफ्नै दल एमालेको १८२ सहित अन्य केही साना दलको  सांसदको साथ छ ।

अविश्वासको प्रस्ताव २९ असारमा दर्ता भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment