Comments Add Comment

ताप्लेजुङमा स्थानीय तह पुनसंरचनाको काम सुरु

९ साउन, ताप्लेजुङ । ताप्लेजुङमा स्थानीय निकायकोे पुनर्संरचनाको प्रारम्भिक कार्य यो महिनाभित्रै सक्ने गरिसुरु भएको छ ।

Taplejungस्थानीय निकाय पुनर्संरचना आयोगले सीमा निर्धारणको जिम्मा जिल्ला तहमै दिएसँंगै जिल्लामा स्थानीय विकास अधिकारीको संयोजकत्वमा रहेको प्राविधिक सहयोग स अनौपचारिक छलफल तथा आन्तरिक तयारी सुरु भएको हो ।

आगामि सोमबार पहिलो बैठक बोलाइएको छ । र, राय, सुझाव संकलनका लागि आवस्यक कामकारवाही अगाडि बढाईने स्थानीय विकास अधिकारी केशवप्रसाद भटराईले जानकारी दिए ।

ताप्लेजुङमा एक नगरपालिका सहित ४८ गाविस रहेका छन् । यस मध्ये नगरपालिकामा आसपासका गाविसलाई थप गरि बाँकी रहेका गाविस मध्यबाट ८ वटा गाँउपालिकाको संरचना बनाईने अनौपचारिकक छलफलको निष्कर्ष रहेको जनाइएको छ ।

स्थानीय विकास अधिकारीको संयोजकत्वमा जिल्लामा स्थानिय तह पुनर्संरचना प्राविधिक सहयोग समिति रहने प्रावधान अनुसार समितिको सदस्य सचिवमा योजना अधिकृत रहने छन् । यस्तै जिल्ला प्रशासन, जिल्ला प्राविधिक, मालपोत, नापी कार्यालयका अधिकृत प्रतिनिधि सदस्य र जिल्ला वन, तथ्यांक कार्यालयका प्रतिनिधि आमन्त्रित सदस्य रहने जनाईएको छ ।

उक्त समितिले साउन मसान्त भित्रै आयोगले तय गरेको प्रावधान भित्र रहेर नगरपालिका र गाउँपालिकाको सीमाना निर्धारण गरी प्रतिवेदन पेस गर्नुपर्ने भएकाले अनौपचारिक छलफल र आन्तरिक तयारीलाई तिव्र बनाईएको स्थानिय विकास अधिकारी भटराईले बताए ।

यस अघि भएको अनौपचारिक छलफलका क्रममानै यहाँको भौगोलिक बनावट, जनसंख्याको वितरणले स्थानिय संरचनामा कठिनाई हुने देखिएको छ । जिल्लाको ओलाङ्चुङगोला, लेलेप, तापेथोक, याम्फुदिन, कालिखोला लगाएतका गाविस विकट रहेको साथै ति गाविसको भौगोलिक क्षेत्रफल धेरै रहे पनि जनसंख्या न्युन रहेकाले मिलाउन समस्या हुने देखिएको छ ।

यस्तै जिल्लाको ग्रामिण क्षेत्रको विकास, स्थानिय श्रोत साधनका हिसावले पनि मिलाउन समस्या हुने देखिएको स्थानिय सरोकारवालाले बताएका छन् । स्थानिय संरचनामा जातीय, भाषिक, सांस्कृतिक बसोबास मिलाउने, नदी, नाला लगायत खोला, खोल्सा जस्ता प्राकृतिक अवरोध नाघ्नेगरी सीमाना निर्धारण गर्न नपाईने जस्ता प्रावधानले यस जिल्लामा समस्या सिर्जना हुने देखिएको छ ।

तर आयोगको निर्देशन र प्रावधान अनुसार राजनैतिक दल, स्थानिय नागरिक समाज, सरकोकारवाला विज्ञ सवै पक्ष संगको छलफल, अन्तरकृया, राय, सुझावका आधारमा सुस्म अध्ययन गरि संचरचना तयार गर्ने गरि काम गर्ने तयारी भएको बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment