Comments Add Comment

‘साइबर सामन्तवाद’का विरुद्ध आफ्नै नयाँ ‘टि्वटर’ सुरु गर्ने विकिलिक्सको धम्की

wikileaks

गोप्य दस्तावेजहरु सार्वजनिक गरेर सनसनी मच्चाउने वेबसाइट विकिलिक्सले आफ्नै माइक्रोब्लगिङ साइट सुरु गर्ने धम्की दिएको छ ।

हालै टि्वटरले एक परम्परागत न्यूज साइट बि्रटबार्टका प्रविधि सम्पादक माइलो यिएनपोलसको टि्वटर अकाउन्टमा प्रतिबन्ध लगाएपछि विकिलिक्सले टि्वटरलाई यस्तो धम्की दिएको हो । विकिलिक्सले टि्वटरको यो कदमलाई साइबर सामान्तवादको संज्ञा दिको छ । यदि टि्वटरले यस्तो व्यवहार जारी राखेमा आफुले आफ्नै माइक्रोब्लगिङ सेवा सुरु गर्ने विकिलिक्सले जनाएको छ ।

विभिन्न उजुरीहरु प्राप्त भएपछि टि्वटरले यसअघि पनि यिएनपोलसको टि्वटर अकाउन्ट पटक पटक निलम्बन गर्ने गरेको थियो । तर यो पटक भने उसले उक्त टि्वटर अकाउन्ट सधैका लागि प्रतिबन्धित गरिदिएको छ । गोस्टबस्टर स्टार लेस्ली जोन्सलाई अनलाइन ट्रल गरेपछि टि्वटरले यस्तो कदम चालेको बताइउको छ । आफुमाथि टि्वटरमा भएको यस्तो दुव्र्यवहारपछि जोन्सले आफुले अब टि्वटर चलाउनै छाड्ने प्रतिक्रिया दिएका थिए ।

एक विज्ञप्तीमा टि्वटरले बताएको छः मानिसहरुले टि्वटरमा विभिन्न विचारहरु राख्नुपर्दछ । तर पनि कसैलाई लक्षित गर्ने वा दुख दिने काम गर्नु ठीक हुँदैन र हाम्रो नियमको विरुद्धमा हुन्छ ।

द भर्जको रिपोर्ट अनुसार विकिलिक्सले आफ्नो टि्वटर अकाउन्ट मार्फत टि्वटरको यस्तो कदमलाई साइबर फ्युडालिज्म अर्थात् साइबर सामन्तवाद करार गरेको छ ।

टि्वटरका सिइओ ज्याक डोर्सी र विकिलिक्सबीच भएको अनलाइन वार्ताका क्रममा विकिलिक्सले भनेको छ ः यदि यो सबै कार्य जारी रह्यो भने हामीले टि्वटरको प्रतिद्धन्दी सेवा सुरु गर्नेछौँ । किनकी विकिलिक्स र यसका समर्थकहरु सामन्तवादी न्यायका कारण असुरक्षित महसुस गरिरहेका छन् ।

डोर्सीले विकिलिक्सलाई जवाफ दिँदै भनेका छन्ः हामीले मानिसहरुलाई विचार राख्ने कुरामा प्रतिबन्ध लगाउँदैनौँ । तर कसैलाई लक्षित गरेर दुख दिनु तथा मानिसहरुलाई यसका लागि प्रोत्साहित गर्नु भने उन्मुक्ति छैन ।

तर विकिलिक्सले यो प्रतिबन्धलाई हालै टर्कीमा भएको वृहत गिरफ्तारीसँग जोडेको छ । टि्वटरबाट प्रतिबन्ध खेपेका यिएनपोलसले आफुमाथिको प्रतिबन्धका बारेमा टिप्पणी गर्दै भनेका छन्ः टि्वटरले मुस्लिम आतंकवादी तथा चरमपन्थीहरुलाई ठाउँ दिन्छ तर कन्जरभेटिवहरुलाई ठाउँ दिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment