Comments Add Comment

आईएसको तुलनामा तालिबान बढी खतरनाक

kabul_attack_is2९ साउन, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा शनिबार गराइएको आत्मघाती हमलामा कम्तीमा ८० जनाले ज्यान गुमाएका छन् ।

हमला यस्तो स्थानमा गरिएको थियो जहाँ हजारा समुदायका हजारौं मानिस प्रदर्शन गरिरहेका थिए । इस्लामिक स्टेटले हमलाको जिम्मेवारी लिएको छ ।

आईएसको अहिलेको स्थिति र अफगान सरकारको कारबाही हेर्ने हो भने अफगानिस्तान मा उ सकिय भएको एक वर्ष भएको छ । आइएस अफगानिस्तानको नगरहार प्रान्तको तीन चार जिल्लामा सक्रिय रहेको छ ।

तीन महिनादेखि अफगान सरकराले नंगहरहारको सुन्नी चरमपन्थी संगठन आईएस विरुद्ध कारबाही शुरु गरेको थियो ।
केहि दिनभित्र १०-१५ आईएस चरपन्थीको सरकारी सेनाले मारेका छन् । र, आईएसले पनि सरकार विरुद्ध युद्धको घोषणा गरेको छ ।

शनिबारको हमला इस्लामिक स्टेटले शिया समुदायको विरुद्धमा आफु रहेको देखाउन गरेको हो ।  तालिबानले यस हमलाको निन्दा गरेको  छ । तर, अहिले पनि अफगान सरकारको लागि तालिवानसँग भिड्नु नै ठूलो चुनौती हो ।

kabul _attack_isअफगान सरकार आईएसलाई ठूलो खतरा मान्न तयार छैन । सरकार आईएसलाई खतम गर्न सकिन्छ भन्ने मानसिकताका साथ उसका विरुद्ध ठूलो अप्रेशन सुरु गरेको हो ।

तर, आइएसले एक सानो समूहमा भएपनि सरकार बिरुद्धको युद्ध छेडेको छ । उसले सर्वसाधारणलाई निशाना बनाएको छ । जुन सरकार र आम अफगान नागरिककको लागि चिन्ताको विषय हो ।

सार्वसाधारण सुरक्षा बलसँग मिलेर आइएसको मुकाबला गरिरहेका छन् । उनीहरुमा पनि तालिबानसँग जतिको त्रास आइएससँग नरहेको देखिएको छ ।

तालिबानले यस वर्ष पाँच छ स्थानमा कव्जा गर्न सक्ने अनुमान गरिएको छ । जसले आफगानिस्तानको अवस्था गम्भिर बन्न सक्छ ।

तर अहिले तालिवानले कुनै क्षेत्र कव्जा गरेको छैन र अवस्था सामान्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment