Comments Add Comment

बाढीले भत्काएपछि अस्थायी ड्याम निर्माण

Rupandehi-Badi (5)९ साउन, चितवन । पश्चिम चितवनको भरतपुर–१८ स्थित शरणपुरमा बाढीले भत्काएको तटबन्धमा अस्थायी ड्याम निर्माण गरिएको छ ।

जनताको तटबन्द कार्यक्रममार्फत बनाइएको ड्यामको १५, २० मिटर क्षेत्रमा लगाएको तारजाली बाढीले बगाएकाले बस्तीमा बाढी पस्ने खतरा बढेपछि नेपाली सेना र प्रहरीले अस्थायी रुपमा मर्मत गरेर ड्याम बनाएको चितवन प्रहरीले जनाएको छ ।

झन्डै एक हजार बोरामा ग्राभेल भरेर कटान नियन्त्रण गरिएको दिव्यनगरका प्रहरी नायब निरीक्षक विष्णुु श्रेष्ठले जानकारी दिनुभयो । शनिबारको बाढीले यहाँ ड्यामको जाली बगाएको थियो ।

तत्कालै स्थानीयवासीको सहभागितामा जनपद प्रहरीसहित सशस्त्र प्रहरी र सेना सहभागी भएर मर्मत गरेको हो । सयौँको सङ्ख्यामा प्रहरी परिचालन गरी दिनभर लगाएर अस्थायी मर्मत गरिएको प्रहरीले जनाएको छ ।

शनिबार बाढीले चेतावनीको सङ्केत नाघेको थियो । देवघाटको बाढी मापन केन्द्रका अनुसार बाढीको सतह ६.३ मिटरमा चेतावनी तह मानिनेमा बाढी ६.५ पुगेको थियो ।

अहिले भने केही घटेको देखिए पनि खतरा भने नटरेको विपद् व्यवस्थापन समितिका सूचना अधिकारी बलराम लुइँटेलको भनाइ छ ।

८.४ मिटर बाढीको सतह भएपछि यहाँ खतराको सङ्केत दिने गरिएको छ । नदीको मुहान क्षेत्रमा पानी परेमा जिल्लामा घाम लाग्दा पनि बाढी उच्च हुने भएकाले सतर्क रहन र विपद् समितिको सम्पर्कमा रहन नारायणी आसपासका स्थानीयवासीलाई अपिल गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment