Comments Add Comment

साहरुख-रोहित झगडाले अड्कियो तेश्रो फिल्म

srk and rohit shetty
चलचित्र ‘चेन्नई एक्सप्रेस’को सफलताले निकै नजिक आएका बलिउडका चर्चित निर्देशक रोहित सेट्टी र नायक साहरुख खानविच अहिले सम्बन्ध राम्रो छैन । चलचित्र ‘दिलवाले’ले बक्स अफिसमा अपेक्षित सफलता नपाएपछि यी दुई बलिउडकर्मीविच सम्बन्ध चिसिएको हो ।

केही महिना अगाडि रोहित नयाँ चलचित्रको प्रस्ताव लिएर साहरुखको घरमा पुग्दा उनले निर्देशकलाई नभेेटेको खबर सार्वजनिक भएको थियो । पछिल्लो खबर अनुसार साहरुख र रोहित ‘दिलवाले’पछि नयाँ चलचित्र गर्ने तयारीमा थिए । तर, यो चलचित्रले बक्स अफिसमा अपेक्षित कमाई नगरेपछि यी दुइको सम्बन्ध चिसिएको थियो ।

रोहितको टिमले साहरुखले ‘बाजिराओ मस्तानी’सँग चलचित्र रिलिज गरेर गल्ती गरेको आरोप लगाउँदै आएको छ । यता, साहरुखको टिमले भने रोहितले यसपटक मन लगाएर चलचित्र नबनाएको आरोप लगाउँदै आएको छ । जसकाकारण पनि, यी दुई बलिउडकर्मीविच दुरी बढेको हो ।

साहरुख अहिले बलिउडका त्यस्ता निर्देशकसँग काम गर्दैछन्, जसले कथावस्तुलाई विशेष ध्यान दिएर चलचित्र बनाइरहेका छन् । यसैले अब उनले रोहित, फराहा खान जस्ता निर्देशकसँग काम गर्ने संभावना नरहेको भारतीय मिडियाको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment