Comments Add Comment

संघीयता कार्यान्वयनमा १० प्रतिशत पनि काम भएनः पूर्वमन्त्री शर्मा

Rekha-Sharma,-in-Parliament

९ साउन, काठमाडौं । पूर्वमन्त्री एवम् माओवादी केन्द्रकी नेतृ रेखा शर्माले संघीयता कार्यान्वयनको पक्षमा दस प्रतिशत पनि काम नभएको बताएकी छन् ।

शर्मा केपी ओली नेतृत्वको सरकारमा रहँदा सामान्य प्रशासन मन्त्री थिइन् ।

आइतबारको संसद बैठकमा अविश्वास प्रस्तावमा छलफलको क्रममा उनले भनिन्, ‘हामी आफू पनि सरकारमा थियौं । सँगै काम गर्दा भावनात्मक सम्बन्ध पनि राम्रै थिए । तर संघीयता कार्यान्वयनको पक्षमा १० प्रतिशत पनि काम भएन ।’

उनले यहि गतिमा काम हुँदा ०७४ माघसम्म संविधान कार्यान्वयन गर्न नसकिने उनले बताइन् ।

संघीयता कार्यान्वयनको पक्षमा काम नहुनुमा सरकारको नेतृत्वकर्ताको दोष हुनसक्नेतर्फ संकेत गरिन् । सरकारको नेतृत्वलाई ब्रेन र मन्त्रीहरुलाई अंगको संज्ञा दिँदै उनले भनिन्, ‘सरकारको काम राम्रो होस् भन्ने उद्देश्यले हामीले काम गर्‍यौं । तर, ब्रेनले राम्रोसँग काम गर्न नसक्दा अर्गनले राम्रोसँग काम गर्न सक्दैन भन्ने मलाई लागिरहेको छ ।’

संघीयता कार्यान्वयनमा प्रगति हुन नसक्नुका कारण पनि अविश्वासको प्रस्ताव आफ्नो पार्टीले दर्ता गरेको शर्माले बताइन् । उनलेसरकारबाट बाहिरिनुको अर्को कारण शान्ति प्रक्रियासँग सम्बन्धित विषय रहेको पनि बताइन् ।

उनले भनिन्, हामीहरु मन्त्री बनेर झण्डा हल्लाएर हिँड्ने तर हाम्रा कार्यकर्ताहरु पक्राउ पर्ने अवस्था रह्यो । यसले पनि सरकारमा बसिरहन नैतिकरुपमा गाह्रो भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment