Comments Add Comment

ब्रोकरको कमिसन सिस्टममा इन्ट्री नहुँदा सेयर कारोबार रोकियो

Stock-broker९ साउन, काठमाडौं । सेयर दलाल (ब्रोकर) को घटेको नयाँ दर नेप्सेको सिस्टममा इन्ट्री नहुँदा सेयर कारोबार स्थगित भएको छ । नेप्सेले आइतबारदेखि नयाँ कमिशन दर लागू गर्ने घोषणा गरेको थियो । आइतबार ११ बजेबाट खुल्नु पर्ने बजार घटेको दर सिस्टममा इन्टि्र हुन नसक्दा स्थगित गर्नु परेको छ ।

‘सिस्टममा घटेको दर इन्ट्री नभएकाले आइतबार सेयर कारोबार अवरुद्ध भएको छ, हामी धमाधम काम गरिरहेका छाैं,’ ब्रोकर संघका निवर्तमान अध्यक्ष नरेन्द्र सिँजापतीले अनलाइनखबरसँग भने- ‘अाज दिनभर काम गरेर भोलिसम्ममा नयाँ कमिशन दरको कारोबार गर्न सकिएला भन्ने लागेको छ ।’

अर्थ मन्त्रालयले ५ साउनमा धितोपत्र व्यवसायी नियमावलीको अनुसूची १४ संशोधन गरेर ब्रोकरको कमिशन घटाउने निर्णय गरेको थियो । मन्त्रालयको साउन ६ गते धितोपत्र बोर्डले कमिसनको नयाँ दर तत्काल लागू गर्न निर्देशन दिएको थियो ।

नयाँ कमिशन दर अनुसार सेयर लगानीकर्ताबाट कारोबार रकमको आधारमा ०.४ प्रतिशतदेखि ०.६ प्रतिशतसम्म ब्रोकर कमिशन दिन पाउने व्यवस्था छ । यसअघि यस्तो दर शून्य ०.७ देखि १ प्रतिशत थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment