Comments Add Comment

सत्ता छाड्ने बेलालाई पीडादायी नबनाउन ओलीलाई आग्रह

Mahesh-Acharya

९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता महेश आचार्यले सत्ताबाट निस्कने बेलालाई पीडादायी नबनाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

सरकारविरुद्धको अविश्वास प्रस्तावमाथि भइरहेको छलफलमा भाग लिँदै कांग्रेस नेता आचार्यले धेरै उन्मादमा सत्तामा जाने र आर्लिँदा विसाद पीडाबोध हुने प्रक्रियाबाट मुक्त हुनु पर्नेमा जोड दिएका छन् ।

उनले आफूहरुको असहमति केपी शर्मा ओलीको व्यक्तित्वप्रति नभई नौ महिनाको कार्यशैली भएको बताए । प्रधानमन्त्री ओलीले प्रमुख विपक्षी दल कांग्रेसलाई विश्वासमा लिन नसकेको तथा मधेसी मोर्चाको कुरा सुन्ने र समाधान गर्ने अग्रसरता नदेखाएको उनको आरोप छ ।

उनले सहज ढंगले राजीनामा दिन प्रधानमन्त्रीलाई सुझाव दिए । साथै नयाँ संविधानमा नयाँ सरकार गठनका लागि संवैधानिक जटिलता रहेको भन्ने एमाले नेताहरुको दाबी खण्डन गरेका छन् ।

कांग्रेस नेता आचार्यले सत्ता छाड्ने प्रकृयालाई लिएर राष्ट्रपतिलाई विवादमा नतान्न आष््रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment