Comments Add Comment

सुकुम्बासीमाथि भएको दमनको विरोध

Sukumbasi Samasya

९ साउन, काठमाडौं । सर्लाहीको ढुङग्रेखोला धरहरा क्षेत्रका सुकुम्बासीहरुमा दमन गरिएको भन्दै सरोकारवालाहरुले त्यसविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघले आइतबार रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको अन्तक्रियामा बोल्ने बक्ताहरुले सरकारको उक्त कदमविरुद्ध देशव्यापी रुपमा सशक्त आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

सरकारले सर्लाहीका सुकुम्वासीमाथि असार २१ गते मंगलबार दमन गर्नुका साथै ६ सय बिगाहा जमिनमा लगाइएको मकै, उखु, धान र फलफुलबाली नष्ट गरेको उनीहरुको आरोप छ ।

कार्यक्रममा नेकपा माओवादीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले सरकारले सुकुम्बासीमाथि दमन गरेर आतंक मच्चाएको आरोप लगाए । उनले त्यसविरुद्ध पार्टीले सशक्त संघर्ष गर्ने चेतावनी दिए ।

माओवादी नेता एकराज भण्डारी, राष्ट्रिय दलित नेटवर्कका अध्यक्ष गणेश विक, अधिवक्ता बालाराम भट्टराई, मुक्त कमैया महिला विकास समितिकी अध्यक्ष कौशिल्या चौधरी लगायतले राज्यको गलत नीतिकै कारण देशमा सुकुम्बासी समस्या विकराल भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment