Comments Add Comment

सरकार गठनमा संबैधानिक जटिलता छैनः भट्टराई

Dr-Bhattarai

९ साउन, पोखरा । नयाँशक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले नयाँ सरकार गठनमा कुनै समस्या नरहेको बताएका छन् । संविधान निर्माणको सबैभन्दा प्रमुख जिम्मेवारी पाएको तत्कालिन संबैधानिक समितिका सभापति समेत रहेका डा.भट्टराईले नयाँ संविधानमा सरकार निर्माणका लागि संबैधानिक संकट नरहेको प्रष्टोक्ति दिएका हुन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका दलहरुले सरकारबिरुद्ध अविश्वासको प्रस्ताव संसदमा दर्ता गरेपछि नेकपा एमालेका नेताहरुले नयाँ चुनावअघि संविधानमा वर्तमान सरकार बाहेक अन्य सरकारको परिकल्पना नगरेकाले नयाँ सरकार बन्न नसक्ने बताइरहेका बेला उनले सरकार गठनमा कानूनी जटिलता नरहेको बताए ।

उनले भने,-‘सरकार विहिन कहिल्यै हुनसक्दैन, यहि संसदले नयाँ सरकार बनाउन सक्छ, त्यसका लागि कुनै कानूनी जटिलता छैन, संबैधानिक संकटपनि छैन, बरु राजनीतिक दलहरुमा नैतिक संकट मात्र देखिएको हो ।’ उनले सरकार गठनमा संविधान स्पष्ट भएकाले कुनै समस्या भए कानून बनाएर त्यसलाई सरलीकरण गर्नुपर्ने सुझाव दिए ।

पूर्व प्रधानमन्त्री समेत रहेका डा.भट्टराईले दलहरुले स्वार्थका लागि सत्ता परिवर्तनको खेल खेलिरहेको आरोप लगाए । लोकतन्त्रमा गणितको आधारमा सत्ता परिवर्तन हुनु स्वाभाविक भएपनि त्यो खास मुद्धालाई लिएर भन्दापनि स्वार्थमा आधारित रहेर भइरहेको टिप्पणी गरे ।

उनले अहिले देखिएको समस्या शासकीय प्रणालीका कारण उत्पन्न भएको पनि बताए । देशका प्रमुख कार्यकारी प्रत्यक्ष निर्वाचन प्रणालीबाट आएपछि मात्रै स्थिर सरकार चल्ने र त्यसले मात्र स्थायीत्व प्रदान गर्ने उनको दाबी थियो ।

संयोजक डा.भट्टराईले आफ्नो पार्टी नयाँशक्ति नेपाल चुनाव पछि देशको नेतृत्व लिने हिसाबले अगाडि बढिरहेको बताए । विकास र समृद्धिलाई मूख्य मुद्धा बनाएर अघि बढिरहेको नयाशक्तिले असार १५ देखी असोज १५ गतेसम्म ३ महिने पार्टी सांगठनिक कार्ययोजना लिएर केन्द्रदेखि गाउँसम्म पुगिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment