Comments Add Comment

राजीनामा दिन प्रधानमन्त्रीलाई निकटस्थको सुझाव

KP-Oli

९ साउन, काठमाडौं । संसदमा सम्वोधनका क्रममा राजीनामाको घोषणा गर्न नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी नेताले सुझाव दिएका छन् । सरकारमा सहभागी दलहरुले ओलीलाई आफ्नो स्वविवेकले निर्णय लिन भनेका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो मन्त्रिपरिषदको अन्तिम बैठक आइतबार डाकेका थिए । सो बैठकले नयाँ प्रधानमन्त्री चयनका लागि बाधा अड्काउ फुकाउने राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेकोको छ ।

मन्त्रिपरिषद बैठकमा सहभागी मन्त्रीहरुसँग प्रधानमन्त्री ओलीले अब के गर्ने भन्ने विषयमा पनि छलफल गरेका थिए । जवाफमा मन्त्रीहरुले राजीनामा वा अविश्वासको प्रस्ताव फेस गर्नेबारे स्वविवेकले निर्णय गर्न भनेका थिए ।

उता प्रधानमन्त्रीको आफ्नो दल नेकपा एमालेका अन्य नेताहरुले पनि पनि ओलीलाई राजनीनामा दिनु उपयुक्त हुने सुझाव दिएका छन् । प्रधानमन्त्रीका सुभेच्छुक एवं सल्लाहकारहरुले पनि उनलाई संसदमा संवोधनलगत्तै राजीनामा दिन भनेका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले पनि संसदमा राजीनामा दिने सोचाइ बनाएका छन् । तर, यसको पुष्टि हुन बाँकी छ । यसबारे चासो राख्दा एमालेका एक नेताले अनलाइनखअबरसँग भने- ‘उहाँले राजीनामा दिने सम्भावना छ, तर अहिले यतिमात्रै भन्न सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment