Comments Add Comment

इद मनाएको अभियोगमा स्कुललाई लाखौं जरिवाना

zakir_naik

आइतबार दिल्लीबाट छापिएका भारतीय अखवारहरुमा भारीय वायुसेनाको बेपत्ता जाहज, कावुलमा अपहरणमा परेकी भारतीय नागरिक ज्यूडिथ डिसुजाको मुक्ती र जाकिर नाइकसँग जोडिएका एक ब्यक्तिको आइएससँगको सम्बन्धको चर्चा गरिएको छ ।

यसका अलावा जुन समाचारलाई प्राथमिकता दिइएको छ, उसमा भारतले चीनका तीन पत्रकारको भिषा बढाउन गरेको इन्कार र गुडगाँवको एक बिद्यालयमा पञ्चायतको अचम्मको निर्णय लगायत छन् ।

हिन्दुस्तान टाइम्सले लेखेको छ कि गुडगाँवको तौरु क्षेत्रको पञ्चायतले एक बिद्यालयलाई इद समारोह आयोजना गरेको अरोपमा साँढे ५ लाख जरिवाना तिराएको छ ।

मेवात जिल्लाको गिंन डेक्स सामुदायिक बिद्यालयको पञ्चायतले मुस्लिम छात्र र शिक्षकलाई पनि बिद्यालयबाट निष्कासन गर्न आदेश दिएको छ ।

बिद्यालयका निर्देशक हेमा शर्माका अनुसार पञ्चायतको आदेशपनि बिद्यालयको एकमात्र मुस्लिम शिक्षिका जागीर छोडेर दिल्ली फर्कन बाध्य भएकी छन् ।

हिन्दुस्तान टाइम्सको मुख्य खवर यो छ कि भारतले तीन चिनिया पत्रकारलाई ३१ जुलाईसम्म देश छाड्न आदेश दिएको थियो ।

चीनको आधिकारिक समाचार एजेन्सी सिन्हृवाका अनुसार भारतले तीन चिनिया पत्रकारको भिषा थप्न अस्वीकार गरेको छ । अखवारले लेखेको छ कि यसैपनि भारत र चीनको सम्बन्धमा गडबड भइरहेकोमा यो घटनाले अझै दूरी बढाउन सकिन्छ ।

इन्डियन एक्स्प्रेसले लेखेको छ कि दुरदर्सनसँग भारतीय क्रिकेट इतिहासको सबैभन्दा सुनौलो पलको दृश्य छैन । इन्डियन एक्स्प्रेसले दूरदर्सनसँग अष्ट्रेलियामा बराबरी भएको टेष्ट म्याच, अहमदावादमा १९८७ मा पाकिस्तानबिरुद्ध सुनिल गावस्करले बनाएको १० हजार रनको आंकडा पार गरेको दृश्य र १९८८ मा पहिलो पटक इंग्ल्याण्डबाहिर खेलिएको विश्वकपको दृश्य माग गर्दा उसले छैन भन्ने जवाफ व्यक्त गर्‍यो ।

यो जानकारी सूचनाको अधिकार अन्तर्गत मागिएको थियो । दूरदर्सन त्यस समयमा भारतको एक्लो टेलिभिजन च्यानल थियो ।

टाइम्स अफ इण्डियाले लेखेको छ कि विवादित इस्लामिक धर्मगुरु डाक्टर जाकीर नाइकको लागि काम गर्ने एक ब्यक्ति कथित इस्लामिक स्टेटसँग सम्बन्धित रहेको र धर्म परिवर्तनको आरोपमा पक्राउ परेका छन् । केरला पुलिस र महाराष्ट्र एटिएसले ५३ बर्षीय रिजवानलाई कल्याणबाट पक्राउ गरेको हो ।

Ind_aircraft

द हिन्दू अखवारले लेखेको छ कि पछिल्लो महिना अफगानिस्तानबाट अपहरणमा परेकी भारतीय अधिकारकर्मी ज्युडिथ डिसुजा शुक्रबार अपहरणमुक्त भइन् र उनी शनिबार भारत फर्किइन् ।

बिदेशमन्त्री सुष्मा स्वराजले ट्वीट् गर्दै भनेकी छन् कि ‘ज्युडिथको ४३ दिनको कष्ट सकिएको छ ।’

भारतीय वायुसेनाको बिमान शुक्रबार बिहानदेखि बंगालको खाडीबाट बेपत्ता भएको छ । अहिलेसम्म यसको कुनै जानकारी मिलेको छैन ।

इण्डियन एक्स्प्रेसले लेखेको छ कि हरियाणाको भिवानी, केरलाको कोझीकोड, उडिसाको गंजम र जाजपुर जिल्लादेखि लिएर महाराष्ट्रको पुणेमा पनि विमानमा सवार मानिसको लागि प्रार्थाना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment