Comments Add Comment

मधेसी मोर्चालाई प्रधानमन्त्रीले भने-मेराविरुद्ध भोट दिन टुप्लुक्कै आउनुहुन्छ

PM-KP-Oli

९ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी मोर्चाका नेताहरु आफ्नाविरुद्ध भोट दिन टुप्लुक्कै संसदमा आउने गरेको बताएका छन् ।

आफ्नाविरुद्ध संसदमा परेको अविश्वासको प्रस्तावमा जवाफ दिने क्रममा मधेसी मोर्चाको नाम नलिई उनले भने, ‘मेराविरुद्ध भोट दिनुपर्‍यो भने साथीहरु टुप्लुक्कै आउनुहुन्छ । जसका विरुद्ध भोट दिनुस् तर, आउनुस् ।’

यसअघि प्रधानमन्त्रीको निर्वाचनमा पनि मधेसी मोर्चा सहभागी भएको थियो । र, ओलीको विरुद्धमा उम्मेदवारी दिएका कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालालाई मत दिएको थियो ।

प्रधानमन्त्री ओलीले संविधानको दुई धारामा संशोधन र नाकाबन्दी अन्त्य भइसकेको बताएका छन् ।

हेर्नुस् प्रधानमन्त्रीले संसदमा गरेको सम्बोधन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment