Comments Add Comment

छोराले फिल्म खेलाउदिन भनेपछि शरीर बनाउँदै गजित

gajit bista
‘मायाज बार’ डेब्यू नायक गजित बिष्ट अहिले आफ्ना छोरा सौगात बिष्टको निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘हैरान’मा काम गर्दैछन् । चलचित्र भित्र गजितको भूमिका फिल्मी छ । जो नायक बन्ने सपना बोकेर हिडिरहेका हुन्छन् ।

छोरा सौगातले बाबुलाई शरीर नबनाएसम्म चलचित्र नखेलाउने बताएका छन् । गजित भन्छन्-‘हो अहिले म शरीर बनाइरहेको छु । छोरा कै कारण मैले शरीर बनाउन थालेको हुँ ।’

गजितका अनुसार यो चलचित्रमा उनले आफूले अघिल्ला चलचित्रमा देखाउन नपाएको कला देखाउने अवसर पाएका छन् । जसले गर्दा पनि आफू अहिले एक्सन, नृत्यसको तालिममा पनि व्यस्त रहेको उनले बताए ।

अन्य निर्माताको चलचित्र खेल्दा आफूले भनेजस्तो भूमिका नपाएको धेरै कलाकारले गुनासो गर्छन् । तर, छोरा नै निर्देशक बनेको चलचित्रका लागि गजितले सिक्स प्याक बनाउने तयारी थालेका छन् ।

भदौबाट छायांकनमा जाने यो चलचित्र ग्याङस्टारको कथा भन्छ । सौगातले पहिलो चलचित्र ‘लभ यू बाबा’ बनाएर गिनिज बुकमा नाम पनि लेखाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment