Comments Add Comment

प्रधानमन्त्री ओलीका २८८ दिनः राजीनामा दिएर हाँस्दै बाहिरिँदा पानी परिरहेको थियो…

माओवादी र कांग्रेसको अनुमान गलत सावित भयो

KP Oli (14)

९ साउन, काठमाडौं । नेपाली कांग्रेस र माओवादी नेताहरुको आशंकालाई गलत सावित गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति विद्या भण्डारीले उनको राजीनामा तत्कालै स्वीकृत गरेकी छन् ।

राजीनामा स्वीकृत भइसकेपछि अब ओली सरकार कामचलाउमा परिणत भएको छ । अब नयाँ प्रधानमन्त्री चयन नहुँदासम्म उनले कामचलाउ प्रधानमन्त्रीका रुपमा काम गर्नेछन् ।

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर दर्ता गरेको अविश्वासको प्रस्तावमा मतदान हुनुअघि नै प्रधानमन्त्री ओलीले राजीनामा दिएपछि यो प्रस्तावमा संसदभित्र मतदान नै गर्नुपरेन । संसद सचिवालयले मतदानको तयारी गरिसकेको थियो ।

कांग्रेस र माओवादीका नेताहरु केपी ओलीले सत्ता लम्ब्याउने आरोप लगाइरहेका थिए, ओलीले उनीहरुलाई गलत सावित गरिदिए । गत असोज २४ गते प्रधानमन्त्रीमा निर्वाचित भएका ओली नौ महिना बढी अर्थात २८८ दिनसम्म पदमा रहे ।

राष्ट्रपतिलाई राजीनामा बुझाएर प्रधानमन्त्री ओली आफ्नाविरुद्ध परेको अविश्वासको प्रस्तावको जवाफ दिन संसदमा पुगेका थिए । बजेट आश्रति विधेयक असफल भएपछि नै संसदमा आफ्नो पक्षमा बहुमत नरहेको आफूलाई थाहा भएको भन्दै प्रधानमन्त्री ओलीले राष्ट्रपतिसमक्ष राजीनामा दिएको संसदलाई जानकारी गराए ।

KP Oli (3)

हाँस्दै बाहरिए

प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्न जानुअघि विपक्षी दलका नेता शेरबहादुर देउवासँग हात मिलाएका थिए । रोष्ट्रममा उभिएर झण्डै २ घन्टा सम्बोधनपछि फर्किने क्रममा उनी निकै प्रफुल्लित मुद्रामा थिए ।

उनले आफ्नाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रचण्डसँग पनि हात मिलाएर कुरा गरे । त्यसपछि आफ्नो सरकारमा उपप्रधानमन्त्री रहेका सीपी मैनाली, कमल थापा हुँदै उनले आफ्नो कटू आलोचक मानिएका उपेन्द्र यादवसहितका मधेसी नेताहरुसँग पालैपालो हात मिलाए । अरुले उठेर हात मिलाए पनि उपेन्द्र यादवले बसीबसी ओलीसँग हात मिलाए ।

त्यसपछि प्रधानमन्त्री ओली संसद भवनबाट बाहिरिँदै गर्दा पानी परिरहेको थियो । उनी छाता ओढेर बाहिरिए ।KP Oli (16)

माओवादी र कांग्रेसको अनुमान गलत सावित

सरकारको प्रमुख घटक माओवादीले समर्थन फिर्ता लिएपछि ओली सरकार ढल्ने पक्काजस्तै भएको थियो । तर, त्यसको भोलिपल्ट नै माओवादी अध्यक्ष प्रचण्डले कांग्रेससहितका दलहरुसँग मिलेर अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । त्यसपछि पनि कांग्रेस र माओवादीका धेरै नेताले ओलीले सत्ता छाड्दैनन् कि भन्ने आशंका गरिरहे ।

खासगरी ओली आफैंले यो सरकार त हट्छ, तर नयाँ सरकार बन्ने संवैधानिक व्यवस्था छैन भन्दै भाषण गर्न थालेपछि सरकारको विपक्षमा उभिएकाहरु थप सशंकित बनेका थिए ।

र, बजेट आश्रति विधेयक पहिला कि अविश्वासको प्रस्ताव पहिला संसदमा पेश गर्ने भन्ने विवाद चर्किएको थियो । लामो विवादपछि आश्रति विधेयकहरु नै पहिला पेश भए, तर माओवादीले फेल गराइदियो ।

अविश्वासको प्रस्तावमाथिको छलफलमा पनि कांग्रेस, माओवादीसहितका दलका नेताहरुले ओलीमाथि अनेक आशंका गरे । तर, ओलीले सबैलाई चकित पार्दै नयाँ सरकार गठनका लागि सहज बनाइदिएर राजीनामा दिए ।

KP Oli (5)

संसदमा अविश्वासको प्रस्तावको जवाफ दिनुअघि ओलीले मन्त्रिपरिषद बैठक राखेर बाधा अड्काउ फुकाउको सिफारिससमेत गरे । यो निर्णयबाट संसदले नयाँ प्रधानमन्त्री चयन गर्न सक्ने/नसक्ने विवादलाई पनि ओलीले जाँदाजाँदै अन्त्य गरिदिए । लगत्तै उनले राष्ट्रपतिलाई राजीनामा बुझाएर संसद गए र अविश्वासको प्रस्तावका प्रस्तावकर्ताले लगाएका एक-एक आरोपको खण्डन गरे ।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सरकारले राम्रो काम गरेकाले षड्यन्त्रपूर्वक हटाएको र यसको उद्देश्य सत्ता मात्र नभएर संविधान कार्यान्वयनमा अवरोध ल्याउने भएको दाबी गरे । उनले भावी प्रधानमन्त्रीका रुपमा हेरिएका अविश्वासको प्रस्ताव प्रस्तुतकर्तालाई थुप्रै प्रश्नहरु राखेका गएका छन् र भोलिका दिनमा हेर्छु भनेका छन् ।

KP Oli (7) KP Oli (10) KP Oli (11) KP Oli (13) KP Oli (14)

तस्वीरः श्रीधर पौडेल 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment