Comments Add Comment

सिन्धुलीमा हावाबाट बिजुली उत्पादन

१० साउन, काठमाडौं । सिन्धुली सदरमुकाम माढी बजारबाट पश्चिममा अवस्थित हरिहरपुरागढी गाविसमा वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको अगुवाइमा हावाबाट बिजुली निकाल्ने तयारी गरिएको छ ।

Bulb,-Bijuliकेन्द्रले एक वर्ष लगाएर हावाको गति मापनपछि ३५ किलोवाट विद्युत उत्पादन गर्न सकिने अध्यन सार्वजनिक गरेको छ ।

अध्ययनपछि चालू आर्थिक वर्षमा काम सुरु गर्न वैकल्पिक उर्जा प्रवर्धन केन्द्र जिल्ला विकास समिति, सिन्धुली र स्थानीय उपभोक्ता समितिबीच त्रिपक्षीय सम्झौता भइसकेको जिल्ला विकास समितिअन्तर्गत उर्जा तथा वतावरण शाखाका प्रमुख सन्दीप उपाध्यायले जानकारी दिएको आजको अन्नपूर्णमा समाचार छ ।

कुल दुई करोड पाँच लाख ५५ हजार रुपैयाँमा कार्य सम्पन्न हुने उनले जानकारी दिए ।  हावाबाट उत्पादन हुने बिजुलीबाट गाविसका ८३ घरधुरी लाभान्वित हुने जिविस सिन्धुलीले जनाएको छ ।

उता हावाबाट बिजुली निकाल्ने काम सुरु हुने भएपछि स्थानीय खुसी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment