Comments Add Comment

बैंक कर्मचारीको मिलेमतोमा कर्जा

nepali_rupees१० साउन, काठमाडौं । बैंककै उपल्लो तहका कर्मचारीको मिलेमतोमा नक्कली कागजातका आधारमा कर्जा प्रवाह गरेर बैंकलाई हानिनोक्सानी पुर्‍याएको आरोपमा प्रहरीले जग्गाधनी र बैंकका कर्मचारील गरी सात जनालाई पक्राउ गरेको छ ।

ओम शान्ति इनटरनेसनल बिजनेश प्रालिको नामबाट पशुपति विकास बैंकबाट २० लाख ५० हजार रुपैयाँ कर्जा निकाली नतिरेको उजुरी प्रहरीमा परेपछि अनुसन्धान गर्दा उनीहरुको संलग्नता खुलेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले उजुरीका आधारमा नुवाकोट चौघडाका रामप्रसाद उप्रेती, रामृष्ण राई, सर्लाही हरिवनका राजेन्द्र पाखि्रन लगायतलाई पक्राउ गरेको अाजको अन्नपूर्णमा समाचार छ ।

यो समुहले सिपाडोलमा रहेको कमसल जग्गा धितो राखी बैंकबाट २० लाख ५० हजार रुपैयाँ कर्जा लिएको थियो । २०६४ सालमा  आशापुरी महादेब मन्दिर नजिकको वनसँग जोडिएको एक रोपनी जग्गा रामप्रसाद उप्रेतिले एक रोपनी ५० हजारमा खरिद गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment