Comments Add Comment

फेसबुक मेसेन्जरका प्रयोगकर्ता एक अर्व नाघे

Facebook-Userसोसल नेटवर्किंग साइट फेसबुकका लागि एक अर्बको कोशेढुंगा निकै सहज जस्तो बन्न थालेको छ । यसका हरेकजसो प्रडक्ट तथा सर्भिसहरुमा प्रयोगकर्ताको यस्तो लहर देखिन्छ की त्यसले अर्बको आँकडा छुन थाल्दछ । यहीँ मेलोमा फेसबुकको मेसेन्जर एपले पनि आफ्ना प्रयोगकर्ताको संख्या १ अर्ब नघाउन सफल भएको छ ।

फेसबुकका अनुसार १ अर्ब भन्दा बढि प्रयोगकर्ता भएको फेसबुक कम्पनीको तेश्रो एप बन्न सफल भएको छ मेसेन्जर । फेसबुकको मुख्य एपबाट छुटि्टएको दुइ वर्षभित्रमै मेसेन्जर विश्वका टप थ्री लोकप्रिय एपभित्र पर्न सफल भएको छ । दुनियाको सबैभन्दा लोकपि्रय एप चाहीँ फेसबुकको मुख्य एप नै रहेको छ ।

स्मार्टफोन एपको दुनियामा प्रभुत्व जमाउन सफल फेसबुकका अहिले ३ वटा एप यस्ता छन् जसका प्रयोगकर्ताको संख्या १ अर्बभन्दा माथि छ । आफ्नो वृहत प्रयोगकर्ताको संख्याका कारण फेसबुकले विज्ञापनबाट मनग्गे रकम आर्जन गर्न सफल भएको छ ।

फेसबुकले भनेको छ, आज हामीले घोषणा गर्दैछौँ की अहिले हरेक महिना १ अर्ब भन्दा बढि प्रयोगकर्ताले फेसबुकको मेसेन्जर प्रयोग गर्न थालेका छन् । यति धेरै प्रयोगकर्तालाई छुन सफल भएका औँलामा गन्न सकिने एपहरुमा पर्न सफल भएको छ यो ।
विश्वको सबैभन्दा लोकपि्रय एपको रुपमा रहेको फेसबुकको मुख्य एपका प्रयोगकर्ताको संख्या डेढ अर्ब रहेको छ । दोश्रोमा मेसेन्जर छ भने तेश्रोमा फेसबुककै ह्वाट्सएप रहेको छ ।

फेसबुकका अन्य प्रतिस्पर्धीहरुमा गुगलका लोकपि्रय एपहरु, गुगल म्याप र यु ट्युब रहेका छन् । तर यु ट्युब र गुगल म्यापका प्रयोगकर्ताको संख्या भने गुगलले सार्वजनिक गर्ने गरेको छैन ।

फेसबुकको फोटो शेयरिंग एप इन्स्टाग्रामले पनि पछिल्लो समयमा निकै प्रगति गरिरहेको छ । अघिल्लो महिनाको तथ्यांक अनुसार यसको एपका प्रयोगकर्ताको संख्या५० करोड भन्दा बढि छ ।

फेसबुकको मेसेन्जर एपका बारेमा केही तथ्य यस्ता छन्

हरेक महिना १ अर्ब प्रयोगकर्ता
आइ ओ एस को सर्वकालिक दोश्रो लोकप्रिय एप
हरेक महिना मेसेन्जरमा एक अर्ब भन्दा बढि मेसेज पठाइन्छन्
हरेक महिना मेसेन्जरमार्फत प्रयोगकर्ताले साथीहरुलाई १७ अर्बवटा फोटो पठाउँछन्
मेसेन्जरबाट एक दिनमा २ करोड २० लाख जिआइएफ पठाइन्छ । अर्थात् एक सेकेण्डमा २५४ जिआइएफ ।
मेसेन्जरमा अढाइ सय स्टिकर प्याक उपलब्ध छन्, जसमा ४ हजार जति स्टिकर रहेका छन् । हरेक दिन ३८ करोड स्टिकर मेसेन्जर प्रयोगकर्ताले आदान प्रदान गर्दछन् ।
एन्ड्रोइडमा अहिलेसम्म मेसेन्जर एक अर्ब पल्ट डाउनलोड भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment