Comments Add Comment

नागरिक लगानी कोषले व्यवसायिक भवन बनाउने

१० साउन, काठमाडौं । नागरिक लगानी कोषले संसद भवनको पुर्वपट्टि रहेको ६ रोपनी जमिनमा व्यवसायकि भवन बनाउने भएको छ । कोषको सबै कारोबार एउटै छानामुनी गर्ने उद्देश्यसहित व्यवसायिक भवन बनाउनेतर्फ कोष अघि बढेको हो ।

उक्त जमिनमा निहित स्वार्थले उप्प्रेरित केही व्यक्तिले अबरोध गरेपछि कोष आफै भवन बनाउन अघि सरेको हो । कोषले भवन बनाउनका लागि नक्सा पास लगायतका सबै प्रक्रिया पुरा गरिसकेको छ ।

कोषका अनुसार यो व्यवसायिक भवन बनाउँदा ६ लाखभन्दा बढि सहभागी लाभान्वित हुनेछन् । अन्तराष्ट्रिय मापदण्डलाई ध्यानमा राखी भवन बनाउने हुँदा यसले दीघकालीन रुपमा कोष र सेवाग्राहीलाई लाभ पु¥याउने कोषको विश्वास छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment