Comments Add Comment

‘द विनर’ बलिउड स्तरको भएको दाबी, हेर्नुहोस् तस्बिर

the winner shoot 1
हिक्मत बिष्टको निर्देशनमा तयार भएकाे चलचित्र ‘द विनर’ गीत र टिजर सार्वजनिक भएपछि चर्चामा छ । भदौ १७ गते प्रदर्शनमा आउने भनिएको यो चलचित्रको हाल धमाधम डबिङ कार्य भैरहेको जानकारी निर्माणपक्षले दिएको छ ।

चलचित्रका मुख्य कलाकार महेशमान श्रेष्ठले अष्ट्रेलिया, दुबई र नेपालमा छायांकन गर्दाका तस्बिर सार्वजनिक गरेका छन् । सार्वजनिक तस्बिरले चलचित्रको छायांकन कसरी भएको थियो भन्ने देखाउँछ ।
the winner shoot 2
चलचित्रका कलाकार श्रेष्ठले ‘द विनर’लाई बलिउड स्तरको र ३ देशमा छायांकन गरिएको पहिलो नेपाली चलचित्र भनेका छन् । यही चलचित्र बनाउन बलिउडलाई ८० करोड लाग्ने दाबी समेत उनको छ ।

चलचित्रमा मलिना जोशी, मन्चिन शाक्य, राजकुमार पन्त, रेशु तामाङ, अमित गिरी मुख्य भूमिकामा छन् । चलचित्रलाई डायमण्ड स्टार फिल्मस्को ब्यानरमा सुवोध ठकुरी, विकास खरेल, रितेश राणाले निर्माण गरेका हुन् । the winner shoot 3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment