Comments Add Comment

सिम्रिक एयरलाइन्सको सिमरामा दैनिक दुई उडान

Simrik Airlines
१० साउन, काठमाडौं । निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी सिम्रिक एयरलाइन्सले आइतबारदेखि सिमरा उडान सुरु गरेको छ । कम्पनीले काठमाडौंबाट सिमरामा दैनिक दुईवटा उडान सुरु गरेको हो ।

सिम्रिक एयरलाइन्सका बजार प्रमुख प्रज्वल थापाका अनुसार वर्षातको समय सुरु भएको र पटक–टिक सडक अवरुद्ध भएका कारण पनि सिम्रिकले सिमरा उडान बढाएको हो ।

हवाई यात्रुको सुविधालाई दृष्टिगत गरेर सिम्रिकले काठमाडौंबाट भरतपुर र तुम्लिङटारमा पनि उडान विस्तारको तयारी गरिरहेको थापाले जानकारी दिए ।

सिम्रिकले अहिले चारवटा जहाजमार्फत दैनिक रूपमा माउन्टेन फ्लाइट, काठमाडौंबाट पोखरा, भैरहवा, लुक्ला उडान भरिरहेको छ । त्यस्तै, पोखराबाट जोमसोम,  नेपालगञ्जबाट सिमिकोट, बाजुरा र जुम्लामा पनि नियमित सेवा दिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment