Comments Add Comment

दीपेन्द्रसँग मनको कुरा साट्दै शिल्पा

shilpa and dipendra gc
२ बर्ष अगाडि चलचित्र ‘लज्जा र हवल्दार सुन्तली’बाट पाएको चर्चा गतबर्ष प्रदर्शनमा आएको ‘फागू’ले ओझेलमा पारिदिएपछि नायिका शिल्पा पोख्रेल अहिले सुनसान जस्तै छिन् । यो बर्ष शिल्पा अभिनित २ वटा चलचित्र प्रदर्शनमा आउने पक्का भैसकेको छ । जसले उनको चर्चालाई फेरि उचाइमा पुर्‍याउन सक्छन् ।

भदौ १७ गते रिलिज हुन लागेको चलचित्र ‘वृन्दावन’ शिल्पाका लागि चुनौती र चर्चा पाउने प्रोजेक्ट हो । यो चलचित्रको व्यापार इनिसियल हुनुमा शिल्पाको अनुहार मुख्य कारण बन्ने पक्का छ । दर्शक यदि शिल्पाको अनुहार हेरेरै हलमा आउँछन् भने, यसले इनिसियल व्यापार गर्ने पक्का छ ।

यो चलचित्रमा शिल्पालाई किशोर खतिवडा र नव-कलाकार दीपेन्द्र जीसीले साथ दिएका छन् । चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै यसले चर्चा पाएको छ । चलचित्रमा समावेश ‘यो मनको कुरा’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा प्रविशा अधिकारी र दवित शंकरको स्वर, विकास चौधरीको संगीत, प्रदिप भारद्धाजको शब्द छ । चलचित्रमा बाँदरको पनि मुख्य भूमिका छ ।

रुद्र खनालको निर्माणमा तयार भएको यो चलचित्रलाई राजबहादुर सानेले निर्देशन गरेका हुन् । चलचित्रका सह-निर्माता कमल जीसी हुन् । चलचित्रमा शिल्पाको एक्सनलाई विशेष रुचाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment