Comments Add Comment

कालो हरिण शिकारको मुद्दाबाट मुक्त भए सलमान

salman khan relief
कालो हरिण शिकारको मुद्दामा बलिउड नायक सलमान खानलाई ठूलो राहत मिलेको छ । सोमबार राजस्थानको उच्च न्यायलयले १७ बर्ष पुरानो यो मुद्दामा फैसला सुनाउँदै सलमानलाई मुक्त गर्न आदेश दिएको हो ।

हाइकोर्टले हरिण शिकारको २ वटा फरक मुद्दामा सोमबार फैसला सुनाएको हो । दुबै फैसला सलमानको पक्षमा आएको छ र उनलाई मुक्त गर्न आदेश दिइएको छ ।

सलमानको विरुद्धमा जोधपुरमा चलिरहेको हरिण शिकारको मुद्दामा आज आएको फैसलाले उनलाई ठूलो राहत मात्र दिएको छैन, एउटा तनाव पनि हटेको छ । सलमानलाई भारतको तल्लो अदालतले यो मुद्दामा ५ बर्षको सजायँ सुनाएको थियो । सलमानले यो आदेशको विरुद्धमा उच्च न्यायलमा अपिल गरेका थिए । मे महिनाको अन्तिममा यो मुद्दामा बहस सकिएको थियो ।

राजस्थान हाइकोर्टले हरिण शिकारको बिषयमा फैसला सुनाउँदै सलमानलाई दुबै मुद्दाबाट मुक्त गरिदिएको हो । सलमानका पिता सलिम खानले अदालतको फैसलाको स्वागत गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment