Comments Add Comment

जर्मनीमा सिरियाली युवकले आफैंलाई विस्फोट गराए, एकको मृत्यु, १२ घाइते

-Germany-Blast

१० साउन, काठमाडौं । जर्मनीको नूरेमबर्ग नजिकैको आंसबाख शहरमा सांगीतिक समारोह बाहिर आत्मघाती विस्फोट भएको छ । र, यसलाई जर्मनीमा पछिल्लो एक सातामा ईस्लामिक स्टेटको तेस्रो आक्रमणका रुपमा हेरिएको छ ।

अधिकारीहरुका अनुसार सिरियाली युवकले आफैंलाई विस्फोट गराएका हुन् । घटनामा उनको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् ।

उनले जर्मनीमा शरणार्थीको मान्यता दिन माग गरेका थिए । तर, त्यो अस्वीकार भएको थियो ।

विस्फोटको घटनापछि सांगितिक समारोहमा रहेका मानिसहरुलाई सुरक्षित रुपमा बाहिर निकालिएको थियो ।

म्युनिखमा गत शुक्रबार एक मल बाहिर भएको गोलाबारीमा नौ जनाको मृत्यु भएको थियो । यस्तै वुर्जबर्गमा चलिरहेको एक रेलमा अन्धाधुन्द बन्चरो प्रहार गर्दा केही मानिस घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment