Comments Add Comment

नवलपरासीमा अवैध सुनसहित एक जना पक्राउ

gold

१० साउन, नवलपरासी । काठमाडौंबाट अर्घाखाँचीको सन्धीखर्कका लागि छुटेको यात्रुबसका सहचालकलाई प्रहरीले अबैध सुनसहित नवलपरासीबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्घाखाँची ठाडा ३ का २२ बर्षीय संजय क्षेत्री रहेको नवलपरासीको इलाका प्रहरी कार्यालय नवलपुरले (कावासोती) जनाएको छ ।

इलाका प्रहरी कार्यालय नवलपुरका अगाडी सवारी चेकजाँचको क्रममा काठमाण्डौँबाट सन्धीखर्क आउँदै गरेको लु १ ख ६१४२ नम्बरको बस चेकजाँच गर्ने क्रममा सोही बसको कन्डक्टरको साथबाट २५ तोला अवैध सुन बरामद भएको इलाका प्रहरी कार्यालय नवलपुर कावासोतीका डिएसपी राजेश थापाले अनलाइनखबरलाई बताए ।

बरामद गरिएको सुन बजार मुल्य १४ लाख ४४ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका क्षेत्रीले काठमाण्डौँ बसपार्कमा एक व्यक्तिले आफुलाई सन्धिखर्क पुर्‍याउनका लागि सुन दिएको र यसबापत आफुले २ हजार रुपैयाँ पाएको प्रहरीलाई बयान दिएको डिएसपी थापाले बताए ।

बरामद अवैध सुनसहित प्रहरीले पक्राउ परेका क्षेत्रीलाई राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment