Comments Add Comment

जगदम्बा सिमेन्टको ‘आऔं सबै मिली देश बनाऔं’ अभियान

jagadamba-cement
१० साउन, काठमाडौं । जगदम्बा सिमेन्टले भ नेपालको विकास समग्र नेपालीहरुको प्रयासबाट मात्र हुन सक्ने सन्देशका साथ नयाँ अभियान सुरु गरेको छ ।

आम नेपालीहरुलाई एक भई मजबुत तथा दिगो निर्माणमा लाग्न आग्रह गर्दै “आऔं सबै मिली देश बनाऔं” भन्ने नाराका साथ कम्पनी प्रस्तुत भएको हो ।

नेपालको समग्र बिकास स्वयम् नेपालीहरुकै प्रयासबाट मात्र सम्भव छ भन्ने सन्देशका साथ आम नेपालीलाई एकजुट भई मजबूत तथा दीगो निर्माणमा लाग्न आग्रह गर्दै यो अभियान थालिएको कम्पनीले जनाएको छ ।

जगदम्बा सिमेन्टले विगत ५ वर्षदेखि ‘मेरो देश, मेरो जगदम्बा सिमेन्ट’ भन्दै सारा नेपालीलाई एकताको शुत्रमा बाँध्न प्रयास गर्दै आएको छ । यसैको विस्तार स्वरुप कम्पनीले यो अभियान सार्वजनिक गरेको हो ।

१५ वर्ष भन्दा लामो इतिहास बोकेको जगदम्बा सिमेन्टले भैरहवा तथा वीरगञ्जमा अवस्थित आˆना दुई उद्योगबाट नियमित ५२ हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment