Comments Add Comment

 आर्ट हबमा गायक अरुण थापाको सम्झना

arun-smriti-1

ललितपुर । गायक अरुण थापाको १७औं स्मृति दिवसको अवसरमा अलग आर्ट हबले शनिबार सांगीतिक कार्यक्रम गर्‍यो ।

कार्यक्रममा विभिन्न गायक-गायिकाले अरुणले गाएका गीतहरू गाएर उनलाई सम्झिए । आभा मुकारुङ, झुमा निरौला, रेवत राई, एकदेव लिम्बू, मण्डल साम्पाङ, यमकुमार समाल, अब्राहम सम, नाकिमा, कर्ण लामा, विक्रम योञ्जन, विक्रम घिसिङ, मनोज स्याङ्बो लगायतले अरुण थापाद्वारा स्वरबद्ध जति माया लाए पनि, लाग्न थाल्यो जीवनमा, आँखाको निद खोसी लाने, करोड मुटुहरुको एउटै लगायतका गीतहरु प्रस्तुत गरे ।

कवि साङ्केन बान्तवाले गायक थापाबारे बोल्दै उनले जस्तै हरेक कलाकारले आफ्नै गायन शैली निर्माण गर्न प्रयास गर्नुपर्ने बताइन् । आर्ट हबका प्रशिक्षार्थीहरूले ‘भुलूँ भुलूँ लाग्यो मलाई’ बोलको गीतमा सामूहिक गितार वादन प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment