Comments Add Comment

कैलाश विकास बैंक उत्कृष्ट वार्षिक प्रतिवेदनबाट सम्मानित

१० साउन, काठमाडौं । कैलाश विकास बैंक उत्कृष्ट वार्षिक प्रतिवेदनबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान)ले कैलाश विकास बैंकलाई उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन-२०७२ ले तेस्रोपटक सम्मान गरेको हो ।

Kailash-Bikas-Bank-Awardedकैलाश विकास बैंकले यही सम्मान यसअघि दुई पटक पाइसकेको थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले स्थापनाकालदेखि नै संस्थागत सुशासन, पारदर्शिता, जवाफदेहिता, दीगो बृद्धि, स्तरीय ग्राहक सेवा जस्ता विषयहरुलाई प्रमुख प्राथमिकतामा राख्दै उत्कृष्ट वित्तीय सेवा पुर्‍याउँदै आएको दाबी गरे ।

कैलाश विकास बैंकको २०७३ असार मसान्तमा चुक्ता पुँजी १ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । यसैगरी २०७३ असार मसान्तमा १५ अरब ६ करोड निक्षेप संकलन गरेको बैंकले १३ अरब ५० करोड कर्जा प्रवाह गरेको छ ।

गत आर्थिक वर्षमा यस बैंकले करिव ४४ करोड खुद मुनाफा आर्जन गरेको थियो । हालसम्म प्रकाशित विवरणको आधारमा विकास बैंकहरुमध्ये यो बैंक सबैभन्दा ठूलो विकास बैंक हुन पुगेको छ ।

संस्थाले विभिन्न जिल्लाका ३८ शाखा मार्फत इन्टरनेट बैंकिङ, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ सुविधा तथा १७ वटा एटिएम मेशिनद्वारा आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment