Comments Add Comment

अमेरिकाको फ्लोरिडामा अर्को गोलीकाण्ड, दुई मारिए

Florida-Goli

अमेरिकाको फ्लोरिडा शहरको फोर्ट मायर्समा एक नाइट क्लवमा चोली चल्दा २ जनाको मृत्यु भएको छ भने १६ जनाभन्दा बढी घाइते भएका छन् ।

अमेरिकी अधिकारीहरु नाइटक्लवमा पुगेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार गोली चलेको समयमा नाइट क्लवमा ठूलो सङख्यामा किशोर किशोरीहरु थिए । प्रहरीले मृतकको पहिचान खुलाएको छैन ।

स्थानीय समय अनुसार सोमबार बिहान साँढे १२ बजेतिर त्यस नाइटक्लवमा गोलीवारी सुरु भएको थियो । गोली चलाउनेहरुसँग सम्बन्ध रहेको हुनसक्ने आशंकामा प्रहरीले १ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रत्यक्षदर्शीलाई उदृत गरी स्थानीय टेलिभिजनले जनाए अनुसार त्यस नाइटक्लवलाई पहिल्यै देखि त्यस क्षेत्रका मानिसहरुले ‘पागलघर’ को रुपमा चित्रित गर्ने गरेका थिए । घटनाका सबै घाइतेलाई अस्पताल पुर्‍याइएको छ ।

अमेरिकी प्रहरीले घटनासँग जोडिएका अन्य दुई स्थानको अनुसन्धान गरिरहेको छ । घटनाका सामान्य घाइतेहरुले जानकारी गराए अनुसार गोली नजिकैको एक घर र एक गाडीबाट चलाइएको थियो । प्रहरीले सन्दिग्धको खोजीकार्य जारी रहेको जनाएको छ ।

यसअघि करिव डेढ महिना अघि फ्लोरिडाकै ओर्ल्याण्डो शहरको एक नाइटक्लवमा भएको गोलीबारीमा परि ५० जनाभन्दा बढीको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment