Comments Add Comment

नेप्से सूचक ३९ अंकले बढ्यो

stock-nepse-market१० साउन, काठमाडौं । सेयर कारोबारमा नयाँ शुल्क लागू भएपछि भएको पहिलो कारोबारमा नेप्से सूचक उच्च अंकले बढेको छ । सोमबारको कारोबारमा ३९.६६ अंकले बढेर नेप्से सूचक १८३८.४९ अंकमा पुगेको हो ।

नेपाल स्टक एक्सचेञ्चले आइतबारदेखि सेयर कारोबारको नयाँ कमिशन शुल्क लागू गरेको थियो । ब्रोकरहरुको सिस्टममा नयाँ कमिशन दर इन्ट्री नभएको भन्दै आइतबार सेयर कारोबार अवरुद्ध भएको थियो ।

सोमबारको कारोबारमा जलविद्युत समूहको सूचकबाहेक अन्य सबै सूचक बढेका छन् । जलविद्युत समूहको सूचकम भने १२.२ अंकले घटेको छ । सोमबारको कारोबारमा बीमा र विकास बैंक समूहको सूचक उच्च अंकले बढेका छन् । बीमा समूहको सूचक ८३.९२ अंकले र विकास बैंक समूहको सूचक ८१.८५ अंकले बढेको नेपाल स्ट एकसचेञ्जले जनाएको छ ।

त्यसैगरी, वाणिज्य बैंक समूहको ४२, होलट समूहको ४३, वित्त कम्पनी समूहको २१, अन्य समूहको ९ र उत्पादनमूल समूहको उपसूचक ३ अंकले बढेका छन् ।

यो दिन १ सय ४७ कम्पनीका ४७ लाख ४० हजार कित्ता २ अर्ब २४ करोड रुपैयाँमा किनबेच भएको एक्सचेञ्जले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment