Comments Add Comment

अख्तियार अगाडि डा. केसी समर्थकको प्रदर्शन

Doctor-Aandolan
फाइल फोटो

१० साउन, काठमाडौं । प्रा. डा. गोविन्द केसीको समर्थकहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोग अगाडि प्रदर्शन गरेका छन् ।

आइतबारको प्रदर्शनका क्रममा प्रहरी धरपकड भएको भन्दै डा. केसीका समर्थकहरुले सोमबार अपरान्ह प्रदर्शन गरेका हुन् । अख्तियार अगाडि नै आइतबारको प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गर्दै केहीलाई पक्राउ गरेको थियो ।

साथै सरकार र डा. केसीबीच भएको सहमति कार्यान्वयनका क्रममा कुनै किसिमको भाँजो नहाल्नका लागि अख्तियारलाई सचेत गराउन प्रर्दशन गरेको चिकित्साशास्त्रका विद्यार्थीहरुले बताएका छन् ।

चिकित्साशास्त्रका विद्यार्थीहरुको प्रदर्शनमा विवेकशील नेपाली दलले पनि साथ दिएको थियो । केसी र सरकारबीच भएको सहमति कार्यान्वयन नभए फेरि पनि आन्दोलनमा उत्रिने चिकित्साशास्त्रका विद्यार्थी र विवेकशील नेपाली दलका समर्थकले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment