Comments Add Comment

प्रभु बैंकको शाखा रसुवाको स्याफ्रुबेसीमा

prabhu-syafru
१० साउन, काठमाडां । प्रभु बैंक लिमिटेडले रसुवाको प्रमुख व्यापारिक केन्द्र तथा नेपाल-चीनबीचको नाका स्याफ्रुबेसीमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले एक समारोहकाबीच बैंकको स्याफ्रुबेसी शाखा कार्यालयको उद्घाटन गरे ।

गत वर्ष गएको शक्तीशाली भुकम्पका कारण अति प्रभावित जिल्ला रसुवामा बैंकको शाखा विस्तार हुँदा स्थानीय वासिन्दा तथा भूकम्पपीडीतलाई सरकारी तथा गैरसरकारी निकायबाट उपलब्ध हुने राहत रकम तथा अन्य सुविधा रकम बैंकमार्फत् भुक्तानी लिन सहज हुने भएको छ । यसबाट स्थानीयहरु उत्साहित भएका छन् ।

यो क्षेत्रमा बैंकको शाखा कार्यालय स्थापना हुँदा व्यापारिक प्रयोजनका लागि सहज भएर बैंकिङ कारोबारले व्यापारिक गतिविधिहरुमा वृद्धि हुने बैंकले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment