Comments Add Comment

लिखित प्रतिवद्धता नआए मधेसी मोर्चा सरकारमा जाँदैनः कर्ण

laxmanlal-Karna

१० साउन, काठमाडौं । सद्भावना पार्टीका सह-अध्यक्ष लक्ष्मणलाल कर्णले कांग्रेस-माओवादी गठबन्धनले आफूहरुको माग सम्बोधन गर्ने लिखित प्रतिबद्धता व्यक्त नगरेसम्म मधेसी मोर्चा सरकारमा सहभागी नहुने बताएका छन् ।

उनले कांग्रेस-माओवादी केन्द्रवीच बनेको नयाँ गठबन्धनले आफूहरुले उठाएका जायज मागवारे अहिलेसम्म वचनवद्धता मात्रै व्यक्त भएकाले पर्ख र हेरको नीति मधेसी मोर्चाले लिएको स्पष्ट पारे ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा कर्णले भने, ‘हामीले अघि सारेका मागहरु सम्बोधन गर्ने लिखित प्रबितद्धता नआएसम्म हामी सरकारमा सहभागी हुँदैनौं, नयाँ प्रधानमन्त्री चयन गर्दा भोट पनि हाल्दैनौं ।’

कांग्रेस र माओवादी पनि दुधले धोएका पार्टी नभएको टिप्पणी गर्दै उनले भने, ‘कांग्रेस र माओवादी केन्द्रले प्रायश्चित गरेर आएका छन्, अब हाम्रा मागहरु पूरा गर्नमा गम्भिर बन्नुभयो भने हामी सहयोग गर्छौं ।’ उनले अघि भने, यस पटक निशर्तः सहयोग गर्ने पक्षमा छैनौं, हामीसँग लिखित सहमति हुनुपर्छ ।’

अब बन्ने नयाँ सरकारले मोर्चाले अघि सारेका महत्वपूर्ण चार बुँदे आन्दोलनमा घाईते भएकाहरुलाई औषधी उपचार गर्ने, मुद्या फिर्ता लिने, बन्दीहरुलाई तत्काल रिहाई गर्ने, सहिद घोषणा गर्ने र निश्पक्ष न्यायिक छानविन आयोग गठन गर्ने लगायतका लिखित प्रतिबद्धता आए सरकारमा जानेवारे निर्णय गर्ने कर्णले स्पष्ट पारे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएको उलपक्ष्यमा मधेसमा दिपावली भएको कर्णले बताए । उनले थपे,’सरकारको विरुद्ध संसदमा अविश्वासको प्रस्ताव पेश भएसँगै मधेसी जनतामा खुशी छाएको थियो, राजिनामा आएपछि त दिपावली नै गरे ।’

ओलीको राजीनामासँगै सिंगो मधेसले अब देशको अवस्था सुध्रिने विश्वास लिएको धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment