Comments Add Comment

पूर्वाञ्चल राष्ट्रिय च्याम्पियनसिपको फाइनलमा

१० साउन, काठमाडौं । पूर्वाञ्चल क्षेत्र महिला राष्ट्रिय च्याम्पियनसिपको फाइनलमा पुगेको छ । अब उसले सशस्त्र प्रहरीको एपीएफसँग खेल्नेछ ।

Women-crciसोमबार भएको पूर्वाञ्चल र सुदूरपश्चिम क्षेत्रको खेल वर्षाका कारण अवरुद्ध भएको थियो । वर्षाले खेल रोकिनु अघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ७.२ ओभरमा ७ विकेट गुमाएर मात्र ७ रन बनाको थियो ।

लगातारको वर्षापछि खेल पुनः सुचारु हुन सकेन र दुबै टिमले अंक बाँडेका छन् । बराबरीपछि पूर्वाञ्चाल र सुदूरपश्चिमको समान ३-३ अंक भएको थियो ।

तर, रन रेटका आधारमा अगाडि रहँदै पूर्वाञ्चल फाइनलमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment