Comments Add Comment

पहिलो चरणमा मधेसी मोर्चा सरकारमा सहभागी नहुने

१० साउन, काठमाडौं । माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाएर सरकार गठनको तयारीमा रहेको नेपाली कांग्रेसले पहिलो चरणमा मधेसवादी दलविनाको सरकार गठन हुने बताएको छ ।

Ramesh Leakhakप्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिएको भोलिपल्ट कांग्रेसले नयाँ सरकारमा अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सबैजसो दललाई सहभागी गराउने तर पहिलो चरणमा भने सरकार मधेसवादी दल विनाको हुने बताएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवा निकट केन्द्रीय सदस्य रमेश लेखकले मधेशवादी दलहरुले सरकारभन्दा संविधानसँग सम्बन्धित माग प्राथमिकताको विषय भएको बताएका कारण पहिलो चरणमा केही दल मात्र सरकारमा सहभागी हुने बताए ।

कांग्रेस र माओवादी केन्द्रबीच भएको सहमति अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भइसकेपछि अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सबै दललाई सरकारमा सहभागी गराउने उनले बताए ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध मधेशवादी दलका सांसद्ले पनि अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

मोर्चाको एक घटक सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले काँग्रेस र माओवादी केन्दले संविधान संशोधनसँग सम्बन्धित माग सम्बोधनको लिखित प्रतिबद्धता जनाए आफूहरु सरकारमा जान तयार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment