Comments Add Comment

सामाजिक संजालमा सक्रिय हमाल, भने-‘ओलीले हारेर पनि जिते’

rajrsh

कुनै समय सामाजिक संजालबाट टाढा रहने नायक राजेश हमाल हिजोआज फेसबुकमा देशको राजनीतिदेखि विभिन्न कुरामा सजग हुन थालेका छन् । राजेश फेसबुकमा आफूलाई चित्त नवुझेका सामाजिक र राजनीतिक कुरा लेख्छन् । सामाजिक संजालमा नहुँदा राजेशका प्रतिक्रिया वुझ्नका लागि मिडियालाई पनि धौ-धौ पथ्र्यो ।

केही महिना अगाडि काठमाण्डौमा आयोजना भएको सांकृतिक कार्यक्रमका लागि नेपाल आएकी बलिउड नायिका सोनाक्षी सिन्हाको बिषयमा भएको चर्चा र विवादमा पनि हमालले बोलेका थिए । हमालले बोलेपछि यो घटनाले अझ बढी चर्चा पाएको थियो । उनै नायक हमाल आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले सदनबाट राजीनामा दिदै गर्दा केही भावूक देखिए ।
rajesh hamal status
नायक हमालले फेसबुकमा स्टाटस लेख्दै ओलीलाई ‘हारेर पनि जितेका प्रधानमन्त्री’ भनेका छन् । उनले जितेका भनिएकाहरुले आफ्नो पोजिसनको जवाफ दिनुपर्ने पनि बताएका छन् । नेपाली जनताले यी सबै कुरा हेरिरहेको राजेशको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment