Comments Add Comment

पुरानो स्मार्टफोन उपयोग गर्ने केही स्मार्ट तरिकाहरु

android_smartphone

नयाँ-नयाँ फिचर र आर्कषक डिजाइनका स्मार्टफोन बजार आउनुअघि नै स्मार्टफोन प्रयोगकर्तावीच नयाँ किन्ने होडबाजी नै चल्छ ।

यसरी नयाँ-नयाँ किन्दै जाँदा पुराना स्मार्टफोन काम नलाग्ने हुन्छन् । धेरैले यस्ता फोन कसैलाई उपहार दिएर वा दराजको कुनामा थन्काएर राखिरहेका हुन्छन् ।

तर, अलिकति बुद्धि लगाउने हो भने पुराना स्मार्टफोनलाई न त कौडीको मूल्यमा बेच्नुपर्छ, नत्र थोत्रा सामाग्रीको रुमा थन्काउन नै ।

आज हामी तपाइँलाई पुराना स्मार्टफोनको उपयोग गर्ने केही सरल तर स्मार्ट तरिकाहरुबारे चर्चा गर्दै छौं ।

पुरानो स्मार्टफोनलाई घरको सेक्युरिटी क्यामरा बनाउन सकिन्छ । तपाइँले सायद धेरैपटक सुनेको यो कुरा कार्यन्वयन गर्न कुनै कठिन छैन् । घरको सुरक्षाका लागि यो उपयोगी पनि हुनेछ । यतिमात्र होइन कि पुरानो स्मार्टफोनलाई अन्य काममा पनि प्रयोग गर्न सकिन्छ ।

सेक्युरिटी क्यामेरा र घरको मिडिया कन्ट्रोलर डिभाइसका अलावा स्मार्टफोन थुप्रै कामका लागि प्रयोग गर्न सकिन्छ ।

कुनैपनि नयाँ मोवाइल एप प्रयोग गर्नुभन्दा अगाडि तपाईंले पुरानो स्मार्टफोनमा यसलाई डाउनलोड गर्नुु उपयुक्त हुन्छ । पुरानो स्मार्टफोनमा डाउनलोड गरेर केहि दिन चलाउनुस् कि तपाईंलाई यस एप आवश्यक छ कि छैन ।

Smartphone

घरमा यस्तो स्मार्टफोनलाई भिडियोच्याटका लागि पनि प्रयोग गर्न सकिन्छ । यस स्मार्फोनमा मात्रै गुगल हृयाङआउट, स्काइप या यस्ता थुपै्र एपमध्ये एउटा डाउनलोड गर्नुहोस र निर्धक्कसँग प्रयोग गर्नुहोस् ।

त्यस्तै तपाईले अफिसको डेक्समा पुरानो स्मार्टफोनमा यदि अर्थक्याम डाउनलोल गरेर दिनभर दुनियाभरका तस्वीर हेर्न सक्नुहुन्छ । यदि तपाईंको इलाका पुरानो स्मार्टफोगको प्रयोग गरेर पब्लिक क्यामरा जोड्नुभयो भने अफिसबाट घर फर्कँदा ट्राफिकको बारेमा जानकारी लिन सक्नुहुन्छ ।

तपाईंका लागि स्मार्टफोन पुरानो भए पनि बच्चाहरुका लागि अझै काम लाग्न सक्छ । एन्ड्रोइड ४.३ वा त्यो भन्दा पछिल्ला अपरेटिङ सिष्टममा बच्चाका लागि छुट्टै प्रोफाइल बनाएर राख्न सकिन्छ । उनीहरुका लागि एप डाउनलोड गरेर खेल्न र केहि सिक्ने व्यवस्था गर्न सकिन्छ । यदि बच्चालाई ट्याबलेट तथा स्मार्टफोनमाथि समयमा सीमित गर्न चाहनुहुन्छ भने त्यसका लागि जुडल्स किड मोड पनि डाउनलोड गर्न सक्नुहुन्छ ।

खेलका शौखिनहरुका लागि पुरानो स्मार्टफोन त्यति प्रभावकारी नहुन सक्छ । यद्यपी केहि यस्ता खेलहरु छन् जसका लागि धेरै प्रोसेेसर र ठूलो स्टोरेजको आवश्यकता पर्दैन ।

यदि ट्याबलेट पुरानो भयो भने त्यसलाई डिजिटल फोटो फ्रेम बनाएर उपयोगमा ल्याउन सकिन्छ । डेफ्रेम नामक एप डाउनलोड गर्नुहोस र आफ्ना सबै फोटो त्यहाँ लोड गर्नुहोस् । फ्लिकर र इन्स्टाग्राम एकाउण्टमा पनि तपाईंले चाहनुभयो भने स्ट्रिमिङ गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment