Comments Add Comment

कोसी ब्यारेज भत्काइदिने आईएसको चेतावनीः भारत

सुरक्षा सावधानी अपनाउन पत्राचार

११ साउन, काठमाडौं । इस्लामिक अतिवादी संगठन (आईएस)ले कोसी ब्यारेज भत्काइदिने चेतावनी दिएको भारतीय दाबीपछि सुनसरी र सप्तरीमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

Saptakoshiमुस्लिम अतिवादी संगठनहरू लस्करे तोइवा, मुजाहिद्दिन र जेएसए मोहम्मद समूहले सप्तकोसी ब्यारेज भत्काइदिने चेतावनी दिएको भन्दै सोमबार बिहारस्थित सुपौलका डिष्ट्रिक्ट मजिस्टेड वैधनाथ यादवले सुनसरी, मोरङ र सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरी सुरक्षा सावधानी अपनाउन माग गरेका छन् ।

नेपालमा सरकार परिवर्तनको प्रक्रिया चलिरहेका बेला भारतीय पक्षबाट अतिसंवेदनशील क्षेत्रसँग सम्बन्धित विषयमा आकस्मिक चासो देखाउनुलाई जानकारहरूले ‘सन्देहास्पद’ गतिविधि भनेका अाजको कारोबार दैनिकमा समाचार छ ।

भारतीय पक्षको आग्रहपछि ३ वटै जिल्ला प्रशासन कार्यालयले सीमा तथा ब्यारेज आसपासको सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई तैनाथ गराएका छन् ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागार्इंले कोसी ब्यारेज क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त क्याम्प राखेर सवारी र पैदलयात्रीमा निगरानी बढाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment