Comments Add Comment

भारतीय सञ्चारमाध्यम भन्छन्ः ‘भारत निकट प्रचण्ड आउँदैछन्’

Prachanda_2११ साउन, काठमाडौं । भारतीय सञ्चारमाध्यमले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार पदबाट राजीनामा दिएसँगै भारतमा खुसियाली छाएको टिप्पणी गरेका छन् ।

भारतीय मिडियामा सोमबार प्रकाशित समाचारहरुमा प्रधानमन्त्री ओली उत्तरी छिमेकी चीनसँग निकट भएको तथा उनले आˆनो कार्यकालभर नेपालमा रहेको भारतको परम्परागत प्रभाव घटाएको उल्लेख गरेका आजको अन्नपूर्णमा समाचार छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा बन्ने अबको सरकारले भारतको पुरानो प्रभाव कायम गर्ने अधिकांश भारतीय मिडियाको तर्क छ । भारतीय मिडियामा भारतीय विदेश मन्त्रालयका बहालवाला उच्च अधिकारी र स्रोतलाई उल्लेख गर्दै समाचार लेखिए पनि औपचारिक टिप्पणी भने कुनै भारतीय अधिकारीको छैन ।

‘चीनसँग निकट रहेका प्रधानमन्त्री ओलीलाई भारतसँग निकट रहेका नेताले विस्थापित गर्दैै छन्,’एसिया टाइमम्स अनलाइनमा भारतीय पूर्वकुटनीतिज्ञ एमके भद्रकुमार लेख्छन्,’भारतले आˆनो स्वार्थ  पूरा गर्न काठमाडौंको सत्ता परिवर्तनका लागि पर्दा पछाडिबाट महत्वपूर्ण भूमिका खेलेको देखिन्छ।’

उनले डेढ वर्षअघि चीनसँग निकट श्रीलंकाली राष्ट्रपति महिन्दा राजापाक्षेको सत्ता बहिर्गमन हुँदा नयाँ दिल्लीमा सुसियाली मनाइएझै यसपाली काठमाडौंमा ओली नेतृत्वको सत्ता परिवर्तन हुँदा पनि दिल्लीमा खुसियाली मनाइएको लेखेका छन् ।

टाइम्स आफ इन्डियामा प्रकाशित लेखमा कूटनीतिक संवाददाता इन्द्राणी वाग्ची प्रधानमनत्री ओलीको राजीनामा भारतको लागि सुखद समाचार रहेको तर्क गर्छन् ।  उनले ओलीको सरकार गठन भएसँगै नेपालमा चीनको प्रभाव बढेको समेत दाबी गरेका छन् ।

भारतीय अधिकांश मिडियाले प्रचण्ड सरकारमा आएसँग भारतसँगको सम्बन्धमा सुधार आउने दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment